

म्यूजिक भिडियोबाट उदाएका कलाकारहरूको फिल्ममा आगमन बढिरहेको समयमा अब पालो मोडल उषा उप्रेतीको आएको छ । उनले फिल्ममा डेब्यु गर्ने भएकी छन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो । उनले शुक्रबार निखिलसँगको एक तस्वीर फेसबुकमा सेअर गर्दै नयाँ यात्रा थालनी भएको उल्लेख गरेकी छन् ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ भने महेश स्वयंको शब्द तथा संगीत र रिकेश गुरुङको एरेञ्ज तथा मिक्सिङ्ग मास्टरिङ्ग छ ।


गत फागुन अन्तिममा प्रदर्शन भएको ‘अञ्जिला’पछि कुनै नेपाली फिल्मले उत्साहजनक व्यापार गर्न सकेका छैनन् । ठूलो आशा गरिएका ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ले समेत अपेक्षित व्यापार गर्न सकेनन् । यतिबेला देशभरका अधिकांश हल सुनसान बनेका छन् । फिल्म प्रशस्त भएता पनि हलमा दर्शक छैनन् । यो खडेरी अब कुन फिल्मले तोड्छ, त्यो धेरैको पर्खाइको विषय बनेको छ ।

भारतीय नेपाली भाषी कवि तथा साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित भएर बनेको फिल्म ‘जार’को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । यसमा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बूको स्वर छ । उनलाई गायनमा पवन गिरीले साथ दिएका छन् । गीतमा शब्द रचना हर्क साउदको छ भने संगीत गायिका लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित छ ।

