Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1471 - 1476 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार

दक्षिण भारतको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपाली बक्स अफिसमा पनि कीर्तिमान बनाएको छ । फिल्मले नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको रेकर्ड बनाएको निर्माण कम्पनी मिथ्री मुभी मेकर्सले दाबी गरेको छ । बिहीबार कम्पनीले एक पोस्टरमार्फत् फिल्मले नेपालमा २४ करोड ७५ लाख ग्रस (नेरु) कमाइ गरेको जनाएको छ । यो कमाइ जम्मा २० दिनको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष १२, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८१ पौष ११, बिहिवार

केही दिनअघि आर्टमाण्डू युट्युब च्यानलबाट फिल्म ‘ऊनको स्वीटर’मा समावेश ‘मखमली’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो, जुन यतिबेला धेरै दर्शकको मुखमा झुण्डिएको छ । गीतको सानै अंशमा पनि सयौं टिकटक र रिल्स बनेका छन् । यसैबीच, यो गीतको पूरा अंश बिहीबार सार्वजनिक गरिएको छ । आठ मिनेट लम्बाईको गीतलाई मेलाको परिवेशमा तयार पारिएको छ ।

एजेन्सी, काठमाडौं, २०८१ पौष ११, बिहिवार

यतिबेला भारतका हलमा साउथ फिल्म ‘पुष्पा २’को हालीमुहाली छ । प्रदर्शनको चौथो सातामा आइपुग्दा समेत फिल्मको व्यापार अझै थामिने छाँटकाँट देखिएको छैन । बलिउडको नाममा रहेको एकपछि अर्को रेकर्ड तोडिरहेको फिल्मले क्रिसमसको दिन पारेर बुधबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता वरुण धवनको फिल्म ‘बेबी जोन’लाई समेत हलमा टिक्न मुश्किल पारेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ११, बिहिवार

पछिल्लो समय अभिनेता दयाहाङ राईलाई ‘हिटको ग्यारेन्टी’ मान्ने गरिएको छ । उनका पछिल्ला फिल्मले बक्स अफिसमा हासिल गरेको सफलताले पनि यो तथ्य सत्य देखाउँछ । उनले अभिनय गरेका फिल्मको विदेशमा पनि राम्रो माग हुने गरेको छ । डिजिटल राइट्स पनि आकर्षक मूल्यमा बिक्री हुन्छ । यसैले त उनलाई लिएर फिल्म बनाउन निर्माताहरुबीच हानाथापको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष ११, बिहिवार

वर्षेनि दशैं र तिहारपछि नेपाली नयाँ वर्षमा फिल्म रिलिजको ठूलो चाप देखिने गरेको छ । यो समयमा दर्शकहरु मनोरञ्जनका लागि हलमा ओइरिन्छ भन्ने विश्वासमा निर्माताहरुबीच नयाँ वर्षमा फिल्म रिलिज गर्न ठूलै प्रतिस्पर्धा चल्ने गरेको छ । यो सिलसिला यसपटक पनि रोकिएको छैन । आगामी नयाँ वर्षमा त्रिपक्षीय भिडन्त निश्चित भएको छ । त्यो पनि एउटै जनराका फिल्महरुबीच ।

Results : 1471 - 1476 of 23515