Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1429 - 1434 of 23990
फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

यही बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारका लागि निर्माण टिमले सांगीतिक कार्यक्रम आयोजना गरिरहेको छ । त्यसका लागि गायक सुजन चापागाईं र उनको ‘द इन्फिनिटी ब्यान्ड’को सहारा लिइएको छ । पोखरा र काठमाडौंपछि बिहीबार साँझ धरानमा भव्य कार्यक्रम आयोजना गरियो । जहाँ ६ हजारभन्दा बढी दर्शक सहभागी भए ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

गत वर्षको फागुनमा प्रदर्शनमा आएका एकपछि अर्को फिल्मले हलमा ५१ औँ दिन मनाइरहेका छन् । ‘लाज शरणम्’ र ‘होस्टेल ३’पछि अब ‘अञ्जिला’ले पनि प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको छ । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार ४५ शोसहित ५१ औं दिन मनाएको हो । प्रदर्शनको केही हप्ता फिल्मले बक्स अफिसमा सानदार व्यापार गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-05-02, शुक्रवार

बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार दयनीय देखिएको छ । अघिल्लो साता प्रदर्शन भएका दुई फिल्म ‘भूठान’ र ‘खेल’ले पोस्टर छपाईको पैसा समेत उठाउन सकेनन् । यो निराशाका बीच शुक्रबारबाट नयाँ फिल्म ‘झिल्को’ प्रदर्शनमा आएको छ । तर, यसले पनि बक्सअफिसमा झिल्को बाल्ने संकेत देखाएको छैन । प्रि-बुकिङमा फिल्मको ५० वटा टिकट समेत बिक्री भएन ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित भएर बनेको फिल्म ‘जार’को ट्रेलरमा अभिनेता सौगात मल्ललाई बगरमा अजंगको बाघले लतारेको दृश्य देख्न सकिन्छ । उक्त बाघ वास्तविक भने होइन । भिएफएक्सबाट बाघ तयार गरिएको हो । तर, ट्रेलर हेर्दा बाघ वास्तविकजस्तो देखिन्छ । फिल्मका लागि बाघ तयार गर्न निर्माताले समय र रकम दुवै पर्याप्त खर्चिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

‘होस्टेल’ फ्रेन्चाइजबाट धेरै कलाकार फिल्म क्षेत्रमा स्थापित भएका छन् । अनमोल केसी, गौरव पहारी, प्रकृति श्रेष्ठ, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकार यही फ्रेन्चाइजका उत्पादन हुन् । गत फागुनमा प्रदर्शन भएको यसको तेस्रो श्रृंखलाबाट पनि केही सम्भावना बोकेका कलाकारहरुको उदय भएको छ । त्यसमध्येका एक हुन्, पारस बम ठुकरी (कुल ब्वाय) ।

फिल्मीखबर, काठमाडौं, 2025-05-01, बिहिवार

आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, र ग्रामीण परिवेशलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरु एउटा बाख्रालाई समात्न दौडिरहेका देखिन्छन् । यसले फिल्मको कथा बाख्राको वरिपरि घुमेको संकेत गर्छ ।

Results : 1429 - 1434 of 23990