Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1411 - 1416 of 23516
फिल्मीखबर, काठमाडौं, २०८१ माघ १, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८१ पौष २९, सोमवार

अभिनेता दीलिप रायमाझीकी छोरीको पहिचान बोकेर अमेरिकाबाट अभिनेत्री बन्न नेपाल फर्किएकी दिव्या रायमाझीलाई फिल्ममा भित्रन कुनै संघर्ष गर्नुपरेन । उनलाई लिन मेकरहरुबीच नै हानाथाप चल्यो । उनी अमेरिकामै हुँदा फिल्म ‘बरिष्ठ बलराम’मा काम गर्ने निश्चित भएको थियो । तर, यो फिल्म नबनेपछि उनी ‘एक्टर : टेक वान’मा जोडिइन् । र, यसपछि ‘पिताम्बर’मा काम गरिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २९, सोमवार

तीन सुपरस्टारहरु दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्काको पहिलो सहकार्य रहेको फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजर एक्सन प्रधान छ । कथावस्तुबारे टिजरले खुलासा नगरे पनि बदलाको कथामा फिल्म बनेको संकेत भने मिल्छ । टिजर हेर्दा फिल्मको मेकिङ उच्च देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ पौष २८, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८१ पौष २८, आईतवार

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’ आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी सिरुपाते फिल्म्सले प्रदर्शन मिति घोषणा गरेको हो । उक्त मितिमा अर्को फिल्म ‘भूठान’ (द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान) पनि प्रदर्शनमा आउँदैछ । अर्थात् बैशाख १२ गते दुई फिल्मबीच भिडन्त हुने भएको छ ।

Results : 1411 - 1416 of 23516