Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8047 - 8052 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-08-24, सोमवार

राजनीतिज्ञपछि सबैभन्दा बढी ताली र गाली पाउनेमा कलाकार पर्छन् । सम्भवतः नेपालमा कोही यस्ता कलाकार छैनन्, जसले ताली मात्र पाएका हुन् । कलाकारिता क्षेत्रको हिस्सा भएपछि सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रियालाई आत्मसात् गरेर अगाडि बढ्ने हिम्मत राख्नुपर्छ । ताली पाउँदा मात्तिने र गाली आउँदा आत्तिने कलाकार लामो रेसको घोडा बन्न सक्दैन । 

फिल्मीखबर, काठमाण्डौ, 2020-08-24, सोमवार

फिल्ममा हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्न सक्ने अभिनेत्रीको रुपमा चिनिएकी नीता ढुंगानाले आफ्नो परिचयको दायरा फराकिलो बनाउँदैछिन् । चाँडै फिल्मकी निर्मात्री बन्न लागेकी उनले गायन विधामा पनि हात हालेकी छन् । उनले गणेश भजन ‘वक्रतुण्ड महाकाय सूर्यकोटि...’ मा आफ्नो आवाज भरेकी छन्, जुन गणेश चतुर्थीमा युट्युबमा सार्वजनिक भइसकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-23, आईतवार

फिल्म ‘ए मेरो हजुर २’ बाट सुखद डेब्यू गरेका सलिनमान बनियाँलाई भिन्न हेयर स्टाइल र ड्रेसअपका कारण अरु अभिनेताभन्दा फरक मानिन्छ । शहरीया युवापुस्तामा राम्रो क्रेज बनाएका उनी पछिल्लो पटक फिल्म ‘यात्रा’ मा देखिएका थिए । तर, डेढ वर्षयता उनले कुनै फिल्म साइन गरेका छैनन् । आफू राम्रो स्क्रिप्टको पखाईमा रहेको र अब फिल्म छनोटमा चुजी हुने उनको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-23, आईतवार

कोरोना भाइरसका कारण ५ महिनायता फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । जसले गर्दा फिल्म क्षेत्रलाई करोडौंको क्षति भएको छ भने हजारौं बेरोजगार भएका छन् । संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने सम्भावना झिनो छ । यद्यपि, लकडाउनको समयमा विभिन्न निर्माता/निर्देशकले फिल्म निर्माणको घोषणा भने गरिरहेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-08-23, आईतवार

संचारकर्मी राजमी ज्ञवालीको निर्देशनमा बनेको नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक भएको छ । इन्टरनेटमा सार्वजनिक चलचित्रले एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा सन्तानमा पर्ने असरलाई मूख्य रुपमा उठान गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-08-23, आईतवार

कोरोनाका कारण लकडाउन भएपछि रोजीरोटी गुमेका फिल्म प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाहले शनिवार कालिकोटका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेका छन् । बुधवार खाद्यान्न र लत्ता कपडा बोकेर काठमाडौंबाट हिँडेका उनले बाढी पहिरोबाट प्रभावित भएका कालिकोटका ४० घर परिवारलाई सहयोग गरेका हुन् ।

Results : 8047 - 8052 of 24025
Most Visited News (monthly)