
सुशान्त सिंह राजपूतको निधनपछि अभिनेत्री कंगना रनावतको हरेक दिन चर्चा भइरहेको छ । ग्रुपिज्म, आउटसाइडरमाथि हुने व्यवहार र स्टार किड्सलाई कसरी फिल्ममा लिइन्छ भन्ने विषयमा उनी बोलिरहेकी छन् । ग्रुपिज्मका कारण सुशान्तले आत्महत्या गरेको उनको आरोप छ । तर, यतिबेला उनले सुशान्तसँग एक फिल्ममा काम गर्न नमानेको चर्चाले बलिउड तातेको छ ।

चार वर्षअघि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । २४ घन्टा बिजुली उपलब्ध हुने कुरा सर्वसाधारणका लागि कल्पना जस्तै थियो । तर, २०७३ सालको भदौमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा दिएपछि देश झिलिमिली भयो । वर्षौदेखि अर्बौं घाटामा रहेको प्राधिकरणलाई उनले चार वर्षमा नाफा दिलाएका छन् ।

अभिनेता राजेश हमालले फिल्म प्राविधिकहरुको कोरोना बीमा गर्ने भएका छन् । उनले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको बीमा गर्न लागेका हुन् । उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए । यसका लागि केही दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।

फिल्म क्षेत्रमा कलाकारहरुको दुश्मनी र दोस्तीको हमेशा चर्चा हुने गरेको छ । कुनै समय एकअर्कासँग अत्याधिक नजिक रहेका कति कलाकारको अहिले ‘पानी बाराबार’ को सम्बन्ध छ । कति भने दुश्मनीलाई भुलेर घनिष्ट मित्र भएका छन् । हुनत, रंगिन दुनियाँमा यसलाई खासै ठूलो रुपमा लिइन्न । यही कारण भन्ने गरिएको हो- ‘फिल्म क्षेत्रमा कोही कसैको मित्र र दुश्मन हुँदैन ।’

कोभिड १९ ले आफूसँगै लकडाउन पनि लिएर आएको थियो । लकडाउनपछि भारतका सबै क्षेत्र ठप्प भए । संसारको दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउडमा पनि कुनै प्रकारका गतिविधि भएनन् । फिल्म निर्माण र प्रदर्शन रोकिएको ५ महिनाभन्दा बढी भइसकेको छ । अब भने बलिउड आफ्नो लयमा फर्किन थालेको छ । केही फिल्मको छायांकन सुरु भइसकेको छ ।

संसारभर संकट निम्त्याएको कोरोना भाइरसले नेपाललाई पनि थिलथिलो बनाएको छ । यसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । नियन्त्रणभन्दा बाहिर गइरहेको संक्रमणका कारण मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । भय र त्रासको यो समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् ।

