Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7945 - 7950 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-09-19, शनिवार

नेपाल चलचित्र प्राविधिक संघबाट ‘महानायक’ को उपाधि पाएका अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण रोजीरोटी गुमेर दैनिक जीवनयापन गर्न समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले १ सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

एजेन्सी, अमेरिका, 2020-09-19, शनिवार

टोड फिलिप्स निर्देशित हलिउड फिल्म ‘जोकर’ २०१९ को सबैभन्दा ब्लकबस्टर फिल्म हो । फिल्मले एक विलियन डलर कमाई गरेको थियो । यसमा आफ्नो जीवन्त अभिनयले दर्शकको मन जितेका अभिनेता वाकिन फिनिक्स अब ‘जोकर’ को सिक्वेलमा देखिने भएका छन् । अमेरिकी मिडियाका अनुसार, ‘जोकर २’ का लागि वाकिनलाई ५० मिलियन डलर अफर गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-19, शनिवार

फिल्म निर्माण र प्रदर्शन नहुँदै त्यसको सिक्वेल घोषणा गर्ने बानी नेपाली फिल्मकर्मीहरुको पुरानै हो । मिडियामा क्षणिक चर्चामा आउन सिक्वेल घोषणा गरेर आत्मरतीमा रमाउन उनीहरुलाई अलिकता पनि हिनताबोध हुँदैन । तर, जब फिल्म हलमा पत्तासाफ हुन्छ तब सिक्वेल त टाढाको कुरा निर्माता-निर्देशकको नाक-मुख देखिन्न । नेपाली फिल्म क्षेत्रमा यस्ता उदाहरण कयैन् छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-19, शनिवार

सुन्दरता र अभिनयका कारण अभिनेत्री सारा सिर्पालीको राम्रो चर्चा हुने गरेको छ । तर, चर्चा भए अनुसार उनको करिअरले भने गति लिन सकेको छैन । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा पनि निखिलसँगै जोडी बाँधिन् । दुवै फिल्ममा उनको अभिनय रुचाइयो तर फिल्मले हलमा घुँडा टेक्यो ।

एजेन्सी, अमेरिका, 2020-09-18, शुक्रवार

गायिका म्याडोनाले आफ्नो जिन्दगी र करिअरमाथि बन्न लागेको फिल्मको निर्देशन गर्ने भएकी छन् । यो फिल्मको प्रमोसन उनले अहिले सामाजिक सञ्जालमा गरिरहेकी छन् । फिल्मको लेखन डियाब्लो कोडीले गरेका छन् । उनी अस्कार अवार्डबाट सम्मानित लेखक हुन् । म्याडोनाका लागि निर्देशन क्षेत्र नयाँ होइन । उनले यसअघि ‘डब्ल्यू ई’ फिल्मको निर्देशन गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-09-18, शुक्रवार

फिल्म ‘रणवीर’ बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी सुपुष्पा भट्ट लकडाउनभन्दा अगाडि फिल्म ‘चपली हाइट ३’ को प्रचारमा व्यस्त थिइन् । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन रोकिएपछि उनी फुर्सदिलो भइन् । लकडाउनको समय घरभित्रै विताएकी उनले ‘रणवीर’ पछि ‘छ माया छपक्कै’ मा अभिनय गरेकी थिइन् । यो फिल्ममा उनको काम रुचाइएको थियो ।

Results : 7945 - 7950 of 24025
Most Visited News (monthly)