Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7951 - 7956 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-09-18, शुक्रवार

अचेल नेपाली फिल्ममा सिक्वेलको लहड चलेको अवस्थामा दशक अगाडिको सुपरहिट फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । बिहीवार विश्वकर्मा पुजाको अवसरमा निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको निर्देशकमा मदन घिमिरेलाई अनुबन्ध गरेका छन् । बिहीवार उनीहरुबीच कागजी सम्झौता भएको हो । निर्देशक घिमिरेले थुप्रै हिट फिल्म दिइसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-18, शुक्रवार

नेपाली फिल्म क्षेत्रले करीब ६ दशक लामो इतिहास बोकेको छ । ‘आमा’ देखि नेपालमा औपचारिक रुपमा फिल्म निर्माण हुन थालेको थियो । केही वर्षयता वर्षमा सरदर सयको आसपासमा फिल्म निर्माण हुने गरेका छन् । हजारौं व्यक्ति यस क्षेत्रमा आश्रित छन् । तर, आजका दिनसम्म हरेक फिल्मकर्मीले स्विकार गर्न सक्ने गरि नेपाली फिल्म क्षेत्रले स्वायत्त दिवस पाउन सकेको छैन ।

एजेन्सी, मुम्बई, 2020-09-17, बिहिवार

बलिउड अभिनेत्री कंगना रनावत जबदेखि सोसल मिडियाको सदस्य भइन्, तबदेखि हरेक विषयमा आफ्नो भनाई राख्दै आएकी छन् । एकातिर उनले महाराष्ट्र सरकारलाई चुनौती दिएकी छन् भने अर्कोतिर जया बच्चनको बयानलाई लिएर दिएको प्रतिक्रियाले बलिउड तरंगित बनेको छ । उनले ठाडै जयालाई ‘तपाईको छोराले आत्महत्या गरेको भए के गर्नुहुन्थ्यो’ भनेर प्रश्न गरेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-17, बिहिवार

नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । यही असोज १४ गतेभित्र चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ । बोर्डको कार्यालय वा [email protected] इमेलमार्फत् इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्नेछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-17, बिहिवार

म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता-अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-09-17, बिहिवार
Results : 7951 - 7956 of 24025
Most Visited News (monthly)