Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 793 - 798 of 23511
फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ६, शुक्रवार

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित रहेर बनेको फिल्म ‘अञ्जिला’ले प्रदर्शनमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शुक्रबार फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा पूरा गरेको हो । यो फिल्म काठमाडौंको क्यूएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा एक सय दिनसम्म चलेको हो । 

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ६, शुक्रवार

निसन्देह ! अभिनेता पल शाहको दर्शकमाझ ठूलो लोकप्रियता छ । त्यो लोकप्रियता उनलाई फिल्मभन्दा बढ्ता म्यूजिक भिडियोले नै दिलाएको हो । उनले खेलेका भिडियोहरु कहिल्यै नेपाली फिल्म नहेरेका दर्शकले समेत हेरेका छन् । भिडियोबाटै उनी देशको दूरदराजसम्म परिचित छन् । यसैले त उनी जहाँ जान्छन्, त्यहाँ उनको एक झलक हेर्न दर्शकहरूको ठूलो भीड उर्लिने गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ५, बिहिवार

सीमा गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र ओम सुनारको युगल गायन रहेको गीतमा गायक सुनार स्वयंले संगीत दिएका छन् भने शब्द रचना मुना शाहको हो । गीतमा प्रेमिल भाव अभिव्यक्त छ । 

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ५, बिहिवार

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा फिल्मका मुख्य जोडी पल शाह र नीति शाहबीचको प्रेमालाप देख्न सकिन्छ । उनीहरुको एकअर्काप्रति प्रेम र समर्पणको भाव गीतमा प्रस्तुत छ । 

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ५, बिहिवार

पछिल्लो समय नेपाली फिल्ममा विदेशी कलाकारलाई खेलाउने होडबाजी नै चलेको छ । विदेशमा फिल्म चलाउनका लागि नेपाली मेकरहरुले यो उपाय अपनाएको पाइन्छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय फिल्म (साउथ)का नाम चलेका कलाकारहरुको पल्टन नै थियो । ‘कोहिनूर’, ‘भूठान’, ‘देववाणी’ जस्ता फिल्ममा पनि विदेशी कलाकारले काम गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ५, बिहिवार

व्यापारमा सुधारका लागि संघर्ष गरिरहेको फिल्म ‘महाभोज’लाई सकारात्मक प्रतिक्रियाको भने ओइरो नै लागेको छ । दर्शकसँगै फिल्मकर्मीदेखि राजनीतिज्ञसम्मले फिल्म हेरेर कथावस्तु र प्रस्तुतिको प्रशंसा गरिरहेका छन् । बुधबार दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले पनि फिल्म हेरेका थिए । उनीहरुबाट पनि फिल्मको प्रशंसा टुटेन ।

Results : 793 - 798 of 23511