Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7633 - 7638 of 24026
फिल्मीखबर, काठमाण्डौ, 2020-12-18, शुक्रवार

केही दिनयता जताततै एउटा गीत सर्वाधिक घन्किरहेको छ । गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा रहेको ‘मैसाब’ बोलको गीत अहिले वृद्धदेखि बच्चासम्मको जिब्रोमा झुण्डिएको छ । दरवारिया शैलीमा निर्माण गरिएको भिडियोमा पल शाह र छुकिला शेर्पाले अभिनय गरेका छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेका कारण दर्शकले गीत निकै रुचाएका छन् । 

एजेन्सी, अमेरिका, 2020-12-18, शुक्रवार

हलिउडको चर्चित फिल्म ‘एभेन्जर्स इन्डगेम’ का निर्देशक रूसो ब्रदर्सको नयाँ फिल्म ‘द ग्रे म्यान’ मा साउथ इन्डियन फिल्मका अभिनेता धुनषको प्रवेश भएको छ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्ममा उनी विश्वभर ‘क्याप्टेन अमेरिका’ को नामबाट चर्चित क्रिस इवान्ससँग देखिनेछन् । फिल्ममा धनुष र क्रिसका अलावा रायन गोस्लिङ र एना डेको पनि मुख्य भूमिका रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-18, शुक्रवार

नेपाली कलाकार प्रेम सम्बन्ध गोप्य राख्न निकै सिपालु मानिन्छन् । प्रायः कलाकारहरु करिअर डामाडोल हुने डरले खुलेर प्रेम व्यक्त गदैनन् । सकभर लुकाउनै निको ठान्छन् । मिडियाले चाल पाए उनीहरुसँग रेडिमेड जवाफ पनि हुन्छ, ‘हामी गुड फ्रेन्ड हौं, तर प्रेम छैन ।’ अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले पनि एक वर्षदेखि यही जवाफ फर्काउँँदै आएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-18, शुक्रवार

कोरोनाका कारण ९ महिना ठप्प रहेको फिल्म छायांकन मंगलवारबाट सरकारले खुल्ला गरेको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गर्न सकिनेछ । तर, लकडाउनभन्दा अगावैदेखि बन्द रहेको सिनेमा हल खोल्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन । फिल्म सम्बद्ध संघ-संस्थाले हल खोल्न सरकारलाई आग्रह गरेपनि सुनवाई भएको छैन ।

एजेन्सी, अमेरिका, 2020-12-17, बिहिवार

२०२० पूरै विश्वका लागि निकै सकसपूर्ण रह्यो । यो वर्ष आम मानिससँगै ठूला-ठूला सेलिब्रेटीले समेत मुश्किलको सामना गर्नुपर्‍यो । तर, केही सेलिब्रेटीका लागि यो वर्ष पनि फलिफाप बन्यो । फोर्ब्स म्यागजिनले यस वर्ष सबैभन्दा बढी कमाई गर्ने विश्वभरका सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा पहिलो नम्बरमा अमेरिकन टिभी स्टार टायकून काइली जेनर छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-17, बिहिवार

नेपाली फिल्मका दुई चर्चित कलाकार केकी अधिकारी र आयुष्मान देशराज जोशी बिहीवार आफ्नो जन्मदिन मनाइहेका छन् । फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी केकी र फिल्म ‘चपली हाइट २’ बाट अभिनेताको रुपमा ब्रेक पाएका आयुष्मानले यसपटक परिवारसँग जन्मदिन सेलिब्रेट गर्दैछन् । दुवैलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । 

Results : 7633 - 7638 of 24026
Most Visited News (monthly)