Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7627 - 7632 of 24295
एजेन्सी, मुम्बई, 2021-03-03, बुधवार

फिल्म ‘रोम कोम र चेहरे’ का निर्देशक रूमी जाफरी लकडाउनभन्दा अगाडि अभिनेता सुशान्त सिंह राजपूत र उनकी प्रेमिका रिया चक्रवर्तीलाई लिएर लभस्टोरी फिल्म बनाउने तयारीमा थिए । उनले सुशान्तको निधनपछि यो कुराको खुलासा गरेका हुन् । अब उनी नयाँ हिरोलाई लिएर यो फिल्म बनाउने तयारीमा जुटेका छन् । फिल्ममा रिया यथावत हुने उनले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-03, बुधवार

नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाको परिचयका विभिन्न आयाम छन् । नेपाली फिल्ममा आफ्नो अभिनयको माध्यमबाट बेग्लै पहिचान बनाएका उनी गायक समेत हुन् । सामाजिक मुद्धामा निर्भिक र स्पष्ट रुपमा आफ्नो भनाई राख्ने भएकाले धेरैले उनलाई सामाजिक अभियान्ता पनि भन्ने गरेका छन्  । एक समय उनले टेलिभिजनमा कार्यक्रम पनि सञ्चालन गर्दथे ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-03, बुधवार

२०७४ सालमा निर्देशक मिलन चाम्सले नव-अभिनेत्री द्वय जसिता गुरुङ र रेविका गुरुङसँग अभिनेता प्रदीप खड्काको जोडी बाँध्दै फिल्म ‘लिलिबिली’ घोषणा गरेका थिए । सम्पूर्ण छायांकन बेलायतमा हुने भएकाले फिल्मका लागि फाइनल भएका प्रमुख कलाकारको भिषा लाग्न जरुरी थियो । प्रदीप र जसितालाई बेलायतले पत्यायो तर रेविकालाई भिषा दिन अस्वीकार गर्‍यो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-03, बुधवार

केही वर्षयता नेपाली फिल्म क्षेत्रमा हिट फिल्मको सिक्वेल वा सिरिज बनाउने राम्रै होडबाजी चलेको छ । बक्सअफिसमा हिट भएको फिल्मको पछाडि कुनै अंक वा नाम थपेपछि नयाँ फिल्ममा जस्तो दुःख गर्नु नपर्ने सोचाइ निर्देशक तथा निर्माताहरुमा व्याप्त छ । यही कारण फिल्म व्यवसायिक रुपमा सफल भएपछि निर्माताहरु स्क्रिप्ट नै तयार नगरी सिक्वेल घोषणा गर्न हतारिन्छन् ।

एजेन्सी, मुम्बई, 2021-03-02, मंगलवार

एक समय बलिउडमा आफ्नो बलियो दबदबा बनाएका अभिनेता सुनिल सेट्टीले छोरी अथियापछि छोरा अहान सेट्टीलाई पनि आफूले हिँडेको बाटो (अभिनय) मा ल्याएका छन् । मंगलवार अहान स्टारर पहिलो फिल्म ‘तडप’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालको माध्यमबाट फिल्मको रोमान्टिक पोस्टर सार्वजनिक गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-02, मंगलवार

नेपालमा फिल्म पाइरेसीको घटनाले विकराल रुप लिइरहेको छ । हलमा रिलिजकै दिन इन्टरनेटमा फिल्महरु छ्यापछ्याप्ती भेटिने गरेको छ । जसले गर्दा करोडौंको लगानीमा फिल्म बनाउने कयौं निर्माताहरु घर न घाटको भएका छन् । फिल्मका निर्माताले दिएको जाहेरीको आधारमा पाइरेसी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहे पनि यस प्रकारको घटनामा कमी आएको छैन । 

Results : 7627 - 7632 of 24295