
अभिनेत्री शिल्पा मास्के दुई वर्षपछि नयाँ फिल्ममा आबद्ध भएकी छन् । फिल्म ‘लाइफ इन एलए’ मा उनको प्रवेश भएको हो । गत हप्तादेखि तनहुँ क्षेत्रमा फिल्मको छायांकन भइरहेको छ । निर्माण टिमले फिल्ममा समावेश ‘पागल प्रेमी’ गीतको छायांकनका केही तस्विरहरु सार्वजनिक गरेको छ, जसमा शिल्पालाई नव-अभिनेता व्यास बिस्सुसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

पछिल्लो समय बलिउडमा उच्च माग भएका अभिनेता हुन्, अक्षय कुमार । हरेक जनराका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएका उनी कोरोना महामारीभन्दा अगाडि एक वर्षमै ४ देखि ५ वटासम्म फिल्मको छायांकन भ्याउँथे । कोरोना महामारीपछि पनि यो क्रम रोकिएको छैन । कोभिड १९ सुरु भएयता मात्र उनले ५ वटा फिल्मको छायांकन गरिसकेका छन् ।

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका दुई सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीलाई १६ वर्षपछि एकसाथ काँचको पर्दामा हेर्न पाइने भएको छ । २००५ मा रिलिज भएको शोभित बस्नेत निर्देशित सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले सँगै काम गरेका थिएनन् । १६ वर्षपछि शोभितले नै फिल्म ‘डाँडाको बर पीपल’ मा उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका हुन् ।

अघिल्लो पुस्ताकी अभिनेत्री ऋचा घिमिरे परिवारसहित अमेरिकामा बस्न थालेको आठ वर्ष नाघिसकेको छ । एक समय नेपाली फिल्ममा राम्रो उपस्थिति जनाएकी उनले आफू निर्मित तथा अभिनीत फिल्म ‘ब्रेकफेल’ बाट ठूलो घाटा भएपछि अमेरिकालाई कर्मथलो बनाउने निर्णय लिएकी थिइन् । निर्देशक शंकर घिमिरेसँँग विवाह गरेकी उनी तीन सन्तानकी आमा भइसकेकी छन् ।

अहिले नेपाली फिल्ममा सर्वाधिक माग भएका र सिनेमा हलको टिकट काउन्टरमा सर्वाधिक विक्ने अनुहार हुन्, अनमोल केसी । उनी फिल्ममा अनुबन्ध भएदेखि नै फिल्मले हाइप बनाउन सुरु गर्छ । उनले गरेका हरेक क्रियाकलाप मिडियाका लागि मसला बन्छ । उमेरभन्दा पाको स्टारडम बनाएका अनमोल अहिलेको नेपाली फिल्मका ‘नम्बर वान नायक’ हुन भन्दा फरक पर्दैन ।

कोरोनाका कारण देशभर सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले भने राजधानीमा मल्टीप्लेक्स हल निर्माण गरिरहेको छ । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक भवनमा उनीहरुले करीब ९ करोडको लागतमा दुई अडिटोरियमको सिनेमा हल खोल्न लागेका हुन् । केही महिनादेखि सिनेमा हल निर्माणको काम भइरहेको दीपकराजले बताए ।

