Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6853 - 6858 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-08-10, मंगलवार

कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओ मैयाँ’ बोलको सार्वजनिक गीतमा अंकित बाबु अधिकारी र विद्या तिवारीको संयुक्त आवाज रहेको छ । गीतमा गायक अधिकारीले नै संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मका कलाकारहरु मुकुन भुषाल, पवित्रा आचार्य, नाजिर हुसेन र रिस्ता बस्नेत फिचर छन् । 

एजेन्सी, मुम्बई, 2021-08-10, मंगलवार

‘दिल चाहता है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता सानदार फिल्म निर्माण गरिसकेको अभिनेता फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले इन्डस्ट्रीमा २० वर्ष पूरा गरेको अवसरमा फिल्म ‘दिल चाहता है’ को फिमेल भर्सन घोषणा गरेको छ । ‘जी ले जरा’ नाम दिइएको फिल्ममा प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्टको अभिनय रहनेछ । फिल्म रोड ट्रिपमा आधारित हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-10, मंगलवार

काठमाडौंका दुई ठूला सिनेमा हल गोपीकृष्ण मुभिज र जय नेपालले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले ३० दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ । केही समयदेखि पटक-पटक वडा कार्यालयबाट पत्रचार गर्दा समेत कर नबुझाएको भन्दै महानगरपालिकाले गोपीकृष्ण र जय नेपाललाई कर नतिर्ने कम्पनीको सूचीमा राखेको हो । 

फिल्मीखबर, काठमाडौं, 2021-08-10, मंगलवार

कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि फिल्मको काम ठप्पझैँ छ । गत वर्ष लकडाउन अन्त्यपछि फिल्म क्षेत्र जुर्मुराउन थालिसकेको थियो । तर, कोरोनाको दोस्रो महामारी फैलिएसँगै सरकारले तीन महिनामै फेरि फिल्म क्षेत्रका गतिविधिमा रोक लगायो । कोरोना महामारीले धरासायी अवस्थामा पुगेको फिल्म क्षेत्र अब कहिलेदेखि सञ्चालनमा आउँछ अन्योलको स्थिति छ ।

एजेन्सी, मुम्बई, 2021-08-09, सोमवार

तेलुगू फिल्मका सुपरस्टार महेश बाबूलाई कुनै पहिचानको आवश्यकता छैन । आफ्नो हरेक फिल्ममा सानदार अभिनय र क्यूट स्माइलले उनले दर्शकको दिलमा राज गरेका छन् । उनको साउथमा मात्र होइन, संसारभर जबरजस्त फ्यान फलोइंग छ । ४ वर्षको उमेरमा फिल्म ‘नीडा’ बाट अभिनय करिअर सुरु गरेका उनले अहिलेसम्म ४० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-09, सोमवार

फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ ले निर्माण गरेको साउथ फिल्म ‘थिरिमाली’ को सुटिङ प्याकअप भएको छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता न्यौपानेले जानकारी दिए । फिल्मको मध्यान्तरपछिको दृश्य निषेधाज्ञाअघि नेपालमै खिचिएको थियो ।

Results : 6853 - 6858 of 24027
Most Visited News (monthly)