Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6865 - 6870 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-08-07, शनिवार

नेपालमा कुनै कलाकारले गाडी किने भने सञ्चारमाध्यमले विशेष महत्त्व दिने गरेका छन् । तर, यसप्रति आपत्ति जनाउनेको भीड फिल्म क्षेत्रमा ठूलै छ । गत महिना अभिनेता पुष्प खड्काले ७० लाखको गाडी (क्रेटा) खरिद गरेको विषयमा प्रायः मिडियाले समाचार बनाउँदा एकथरी फिल्मकर्मीले ‘कहिँ नभएको जात्रा हाडी गाउँमा’ भन्दै फेसबुकमा आलोचनात्मक स्टाटस लेख्न भ्याए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-08-06, शुक्रवार

कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार ओएसआर डिजिटलको यूट्युब च्यानलमा सार्वजनिक भएको ट्रेलरमा प्रेम, रोमान्स, मित्रता, वियोग, धोका र कमेडीलाई प्रस्तुत गरिएको छ । कोरोनाले गर्दा सिनेमा हल अनिश्चितकालका लागि बन्द भएपछि यो फिल्मलाई निर्माण टिमले डिजिटल प्लेटफर्ममा रिलिज गर्दैछ ।

एजेन्सी, मुम्बई, 2021-08-06, शुक्रवार

तमिलको ब्लकबस्टर फिल्म ‘सुरराई पोट्टरु’ को हिन्दी रिमेक यतिबेला चर्चामा छ । सुपरस्टार सूर्या अभिनीत यो फिल्म दर्शकले निकै रुचाएका छन् । अब यसको हिन्दी रिमेक बनाउने तयारी गरिएको छ । फिल्मको रिमेक घोषणा भएसँगै सबैभन्दा पहिला अभिनेता शाहिद कपूरलाई अप्रोच गरिएको थियो । तर, अब यो फिल्ममा अक्षय कुमारले अभिनय गर्ने सम्भावना बढेर गएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-06, शुक्रवार

फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्नुभन्दा अगाडि मलिका महतले केही म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । तर, उनलाई फिल्म र म्यूजिक भिडियो दुवैले दर्शकमाझ चिनाउन सकेको थिएन । लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी र टाढा भएपनि’ गीतले भने उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो । अहिले उनको म्यूजिक भिडियोमा चर्को माग छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-06, शुक्रवार

कोरोना महामारी सुरु भएदेखि फिल्म क्षेत्र सुनसान छ । गत वर्ष लकडाउनपछि करीब ९ महिना बन्द रहेको फिल्म क्षेत्र बीचमा केही समय खुल्यो । त्यसबेला केही फिल्म निर्माण र प्रदर्शन भए । तर, फिल्म क्षेत्रले गति समात्न नपाउँदै फेरि कोरोनाको दोस्रो महामारी सुरु भयो । त्यसपछि सरकारले संक्रमण फैलिन नदिन निषेधाज्ञाभन्दा आगावै फिल्म निर्माण र प्रदर्शनमा रोक लगायो । 

एजेन्सी, अमेरिका, 2021-08-05, बिहिवार

विश्वभरमा झैँ नेपालमा पनि मार्वलका फिल्म रुचाउने दर्शकको संख्या ठूलो छ । मार्वल फिल्मका सबै सुपरस्टार संसारभरमा लोकप्रिय छन् । मार्वल यूनिभर्सको सबैभन्दा लोकप्रिय सुपरहिरोजमध्ये एक हो- ‘आइरन म्यान’ । हलिउड स्टार रोबर्ट डाउनी जूनियरले यो चरित्रलाई यति जीवन्त ढंगले निर्वाह गरेका छन् कि आज दर्शकले उनलाई ‘आइरन म्यान’ कै रुपमा चिन्ने गर्दछन् ।

Results : 6865 - 6870 of 24027
Most Visited News (monthly)