Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6859 - 6864 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2021-08-09, सोमवार

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । शनिवार निर्माण टिमले फिल्ममा अभिनेता अनमोल केसीलाई अनुबन्ध गरेको थियो । उनीसँगै फिल्ममा अर्का अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ । गत वर्षको लकडाउनअघि नै निर्माण टिमको उनीसँग मौखिक सहमति भए पनि कागजी सम्झौता आइतवार मात्र भएको हो ।

एजेन्सी, मुम्बई, 2021-08-08, आईतवार

बलिउडका सफल निर्देशक मानिने सञ्जय लीला भन्सालीको फिल्म ‘बैजू बावरा’ यतिबेला चर्चामा छ । पहिला उनी यो फिल्ममा अभिनेता रणबीर कपूरलाई लिन चाहन्थे । तर, अब यो रोलका लागि अभिनेता रणवीर सिंह फाइनल भएका छन् । उनको अपोजिटमा भन्सालीले अभिनेत्री दीपिका पादूकोणको नाम विचार गरेका छन् । केही चरण उनीहरुबीच छलफल भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-08, आईतवार

नेपाल सरकारले फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । निर्माता श्रीदेव विएलको पहलमा आइतवार पाटन ढोकास्थित पुरानो अशोक सिनेमा हलको परिसरमा फिल्मकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको हो । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो चार बजेसम्म चल्ने नेपाल चलचित्र कलाकार संघले जानकारी दिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-08, आईतवार

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहबाट बाहिरिएपछि हास्य कलाकार जितु नेपालले नयाँ फिल्म साइन गरेका छन् । फिल्म ‘ड्रिम्स’ का निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । नाम गोप्य राखिएको फिल्ममा उनको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिनेछ । साम्राज्ञीले यसै हप्ता फिल्म साइन गरेकी हुन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-08, आईतवार
अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । उनी फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा अनमोल टाइटल क्यारेक्टरमा हुनेछन् । उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ । 
एजेन्सी, मुम्बई, 2021-08-07, शनिवार

बलिउड अभिनेत्री लारा दत्ताले प्रदर्शनको पखाईमा रहेको फिल्म ‘बेलबटम’ मा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छन् । उनले यो चरित्र निर्वाह गर्नु आफ्नो लागि एकदमै ठूलो चुनौती र जिम्मेवारी रहेको बताएकी छन् । फिल्ममा इन्दिरा गान्धी जस्तो देखिन उनले दिनहुँ तीन घन्टासम्म मेकअप गर्नुपर्थ्यो । उनी यो चरित्र निर्वाह गरेर आफू सन्तुष्ट रहेको बताउँछिन् ।

Results : 6859 - 6864 of 24027
Most Visited News (monthly)