Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6829 - 6834 of 24027
एजेन्सी, मुम्बई, 2021-08-17, मंगलवार

भारतको ६५औं स्वतन्त्रता दिवसको अवसर पारेर अभिनेता सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘शेरशाह’ रिलिज भएको छ । कारगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बयोपिक फिल्मलाई दर्शकले निकै मन पराएका छन् भने सिद्धार्थको अभिनयको पनि प्रशंसा भएको छ । तर, बलिउड सुपरस्टार सलमान खान ‘शेरशाह’ को भूमिकामा सिद्धार्थ नभई अरु नै अभिनेतालाई देख्न चाहन्थे । 

फिल्मीखबर, काठमाडौं, 2021-08-17, मंगलवार

हिट फिल्मको सिक्वेलमा काम गरेपछि कलाकारलाई के विश्वास हुन्छ भने सफलता पक्का हो । तर, सबै हिट फिल्मको सिक्वेल हिट नै हुन्छ भन्ने ग्यारेन्टी हुन्न । ‘दर्पण छायाँ’ को सिक्वेल यसको उदाहरण हो । २ दशक अगाडिको ब्लकबस्टर फिल्मको नाम सापटी लिएर निर्देशक तुलसी घिमिरेले 'पार्ट टू' बनाए । तर, फिल्मले भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाएन ।

फिल्मीखबर, काठमाडौं, 2021-08-17, मंगलवार
एजेन्सी, अमेरिका, 2021-08-16, सोमवार

उत्कृष्ट सिनेमेटोग्राफी र भिएफएक्सका कारण हलिउड फिल्मका प्रशंसक संसारभर छन् । हलिउड फिल्ममा कयौं यस्ता स्टारले देख्न पाइन्छ, जसले आफ्नो अभिनयले दर्शकको मन जितेका छन् । केही कलाकार फिल्मको निर्माता समेत बनिसके । जसबाट उनीहरुले ठूलो कमाई गर्ने गरेका छन् । आज हामी यो प्याकेजमा हलिउडका ५ सबैभन्दा धनी कलाकारको बारेमा चर्चा गर्दैछौं ।

फिल्मीखबर, काठमाडौं, 2021-08-16, सोमवार

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अतिथी भूमिकामा राजेश हमाललाई पनि देखाउने तयारीमा निर्माण टिम छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । उनले निर्मातासँग बिहीवारसम्मको समय मागेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-16, सोमवार

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘लाइफ इन एलए’ को सुटिङ प्याकअप भएको छ । आइतवार पोखरामा फिल्मको अन्तिम दृश्य कैद गरिएको हो । २९ दिन (१९ दिन अमेरिकामा र १० दिन नेपालमा) छायांकन भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । सम्पूर्ण छायांकन सकेर निर्माण टिम राजधानी फर्किसकेको छ ।

Results : 6829 - 6834 of 24027
Most Visited News (monthly)