Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6811 - 6816 of 24027
एजेन्सी, मुम्बई, 2021-08-23, सोमवार

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफको जोडी एकपटक फेरि पर्दामा फर्किएको छ । शुक्रवारबाट फिल्म ‘टाइगर ३’ को छायांकनका लागि उनीहरु रुस पुगेका छन् । त्यहाँ फिल्मको सेटबाट सलमानको केही तस्विरहरु लिक भएको छ । खैरो रंगको लामो दाह्री र कपालमा उनलाई चिन्न समेत मुश्किल पर्छ । फिल्मको अहिले एक्सन सिनको छायांकन भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-23, सोमवार

नेपालको सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । गत वर्ष नै मौखिक सहमति भए पनि आइतवार मात्र निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-08-23, सोमवार

नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म ‘छक्का पञ्जा’ सिरिज हो । यसका तीनवटै सिरिजले कमाइमा नयाँ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसअर्थमा उनलाई नेपाली फिल्म इतिहासकै सबैभन्दा सफल निर्देशक मान्न सकिन्छ ।

फिल्मीखबर डटकम, काठमाडौं, 2021-08-21, शनिवार

नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप गठन गरिएको ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को प्रेस सल्लाहकारमा रंग पत्रकार जीवन पराजुली नियुक्त भएका छन् । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले उनलाई नियुक्त गरी शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा प्रमाणपत्र प्रदान गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-08-21, शनिवार

नेपाली फिल्मकी सदाबहार अभिनेत्रीको रुपमा परिचित करिश्मा मानन्धर एक समय करिअरको उचाईमा थिइन् । उनका हरेक फिल्म सुपरहिट हुन्थे । उनको अनुहार पोस्टरमा राखे मात्रै पनि फिल्म सफल हुन्छ भन्ने मान्यता स्थापित थियो । तर, उनले आफ्नो करिअरमा अभिनयभन्दा सुन्दरताको प्रशंसा बढी कमाइन् । यसैले पनि उनी सुन्दरताकै कारण फिल्ममा टिकेको भन्नेहरु धेरै छ । 

फिल्मीखबर, काठमाडौं, 2021-08-21, शनिवार

कलाकार तथा फिल्म निर्माता शम्भुराज थापाको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण शनिवार विहान ४ः४० बजे उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । तीन हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । ५५ वर्षीय थापा तीन दशकदेखि अभिनयमा सक्रिय थिए । 

Results : 6811 - 6816 of 24027
Most Visited News (monthly)