Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6817 - 6822 of 24027
एजेन्सी, मुम्बई, 2021-08-20, शुक्रवार

फिल्म निर्माता मधु मन्टेना चाँडै रामायणमा आधारित भएर ठूलो लगानीमा ‘रामायण थ्रीडी’ निर्माण गर्दैछन् । फिल्ममा बलिउडका ठूला कलाकारहरु एकसाथ देखिँदैछन् । नितिश तिवारीले निर्देशन गर्ने फिल्ममा ॠतिक रोशन र दीपिका पादुकोणले पहिलो पटक एकसाथ काम गर्दैछन् । फिल्ममा ॠतिकले रावणको भूमिका निर्वाह गर्नेछन् भने दीपिका सीता माताको भूमिकामा देखिनेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-20, शुक्रवार

कोभिड-१९ का कारण फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष लकडाउन सुरु हुनभन्दा अगावैदेखि बन्द भएको यो क्षेत्र ९ महिनापछि खुल्यो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि फिल्म निर्माण, प्रदर्शन र वितरणमा सरकारले रोक लगाएको छ । निषेधाज्ञा खुकुलो भएर अन्य क्षेत्र खुलिसक्दा पनि फिल्म क्षेत्रका गतिविधि खुुलाउने विषयमा सरकारले कुनै चासो दिएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2021-08-20, शुक्रवार

बलिउड फिल्ममा प्रोडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको रुपमा काम गर्दै आएका नेपालका अन्जन गजुरेलले आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताएका छन् । बुधबार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै उनले युद्धमा गएको सिपाही हरेक खालेको परिस्थितिका लागि तयार हुनु परे झैँ यो पेशाले पनि सोही खालको चरित्र माग्ने बताए ।

फिल्मीखबर, काठमाडौं, 2021-08-20, शुक्रवार

अभिनेता राजेश हमालले फिल्म क्षेत्र अत्यन्त लोकतान्त्रिक क्षेत्र रहेको बताएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित कान्तिपुर फिल्म एकेमेडीका विद्यार्थीले निर्माण गरेको सर्ट फिल्मको स्क्रिनिङ र ग्राजुयशन पूरा गरेका विद्यार्थीहरुको विदाई कार्यक्रममा बोल्दै उनले फिल्ममा जो कोही प्रवेश गर्न सक्ने भएकाले फिल्म क्षेत्र लोकतान्त्रिक क्षेत्र रहेको बताएका हुन् ।

एजेन्सी, अमेरिका, 2021-08-19, बिहिवार

हलिउड फिल्म ‘ब्ल्याक विडो’ फेम्ड अभिनेत्री स्कारलेट जोहानसनले छोरालाई जन्म दिएकी छन् । यो कुराको जानकारी उनका श्रीमान कोलिन जोस्टले सोसल मिडियामार्फत दिएका हुन् । उनले लेखेका छन्, ‘हामीलाई एक बच्चा भएको छ । हामी उसलाई एकदमै प्रेम गर्छौं ।’ स्कारलेट दोस्रो पटक आमा बनेकी हुन् भने कोल‍िन पहिलो पटक स्कारलेटको बच्चाको पिता बनेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-19, बिहिवार

सुपरस्टार राजेश हमालको नाममा निर्माण हुन लागेको फिल्म ‘म राजेश हमाल’ मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । निर्माण टिमले मंगलवार उनीसँग कागजी सम्झौता गरेको हो । फिल्ममा उनको केमियो भूमिका हुनेछ । आर्यनले राजेश हमालको सम्मानका लागि फिल्ममा काम गर्न लागेको बताइएको छ । उनले हमालसँग फिल्म ‘मौसम र सपना’ मा सँगै काम गरेका थिए ।

Results : 6817 - 6822 of 24027
Most Visited News (monthly)