Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6799 - 6804 of 24027
एजेन्सी, मुम्बई, 2021-08-26, बिहिवार

सन् २०१२ मा रिलिज भएको फिल्म ‘स्टू़डेन्ट अफ द ईयर’ बाट वरुण धवनलाई अभिनेताको रुपमा डेब्यू गराएका बलिउड निर्माता करण जोहरले अब वरुणकी भतिजी अन्जिनी धवनलाई इन्डस्ट्रीमा लञ्च गर्ने तयारी थालेका छन् । अन्जिनी, निर्देशक डेविड धवनका भाई अनिल धवनका छोरा सिद्धार्थ धवनकी छोरी हुन् । आफ्नो डेब्यू फिल्मका लागि उनले तयारी सुरु गरिसकेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-26, बिहिवार

फिल्म ‘लाइफ इन एलए’ बाट नेपाली फिल्म क्षेत्रमा एक नयाँ अनुहार भित्रिएको छ, ब्यास बिस्सु । डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका उनले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । गएको महिना तनहुँ क्षेत्रमा फिल्मको छायांकन सकियो । ७५ प्रतिशत अमेरिकामा खिचिएको फिल्मको बाँकी छायांकन काठमाडौँ, तनहुँको भिमाद र पोखरामा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-08-26, बिहिवार

अभिनयसँगै वाक कलामा पोख्त मानिन्छिन्, केकी अधिकारी । हरेक कुरालाई तथ्य र तर्कसहित भन्न उनी सिपालु छिन् । करीब १२ वर्ष लामो अभिनय करिअरमा आजसम्म विवादमा समेत नमुछिएकी उनी उमेरले ३२ वर्षको भए पनि अविवाहित छिन् । केही वर्षयता आफन्त, मिडियाकर्मी र दर्शकबाट विवाहको प्रश्न झेल्दै आएकी उनी आफूलाई विवाहदेखि निकै डर लाग्ने बताउँछिन् । 

फिल्मीखबर, काठमाडौं, 2021-08-26, बिहिवार

कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि नेपाली फिल्म क्षेत्र कोमा छ । गत वर्ष ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र चलायमान हुन नपाउँदै कोरोनाको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो । गत बैशाखबाट जारी निषेधाज्ञा खुकुलो भएर भीडभाड हुने विभिन्न क्षेत्र खुलिसक्दा समेत फिल्म क्षेत्र खुल्ने अझै टुंगो लागेको छैन । यद्यपि, भित्रभित्रै फिल्मको काम भने भइरहेको छ ।

एजेन्सी, मुम्बई, 2021-08-25, बुधवार

करगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बायोपिक ‘शेरशाह’ लाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । गत हप्ता ओटीटी प्लेटफर्ममा रिलिज भएको फिल्म आइएमडिबीमा ८.९ रेटिङका साथ 'नम्बर वान' टप रेटेड हिन्दी फिल्म बनेको छ । पाकिस्तानमा समेत फिल्मको प्रशंसा भइरहेको छ । यो फिल्मबाट अभिनेता सिद्धार्थ मल्‍होत्राले अभिनयमा आफूलाई प्रमाणित गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-08-25, बुधवार

भारत र नेपालको सिमानामा काँडेतार लगाउनुपर्ने आवाज उठाउँदै आएका निर्देशक तथा कलाकार नवल खड्काले ‘काँडेतार’ नाममा फिल्म निर्माण गर्ने भएका छन् । कोरोना महामारी सामान्य भएको खण्डमा आउँदो तिहारपछि छायांकनमा निस्कने तयारीमा रहेको फिल्मलाई नवलले शंकर कार्कीसँग मिलेर निर्देशन गर्देछन् । फिल्ममा उनी स्वयंको अभिनय र निर्माण रहनेछ । 

Results : 6799 - 6804 of 24027
Most Visited News (monthly)