
भर्सटायल अभिनेताको रुपमा आफूलाई चिनाएका दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । नेपाली फिल्मको लोकप्रिय कलाकारलाई फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा डेलिगेसनले खुसी व्यक्त गरेको छ ।

कोरोना महामारीका कारण करीब दुई वर्षदेखि फिल्म क्षेत्र ठप्प छ । गत वर्ष ९ महिना बन्द भएर खुलेको यो क्षेत्र कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि अनिश्चितकालका लागि बन्द भयो । संक्रमण दर अझै स्थिर भएकाले दशैंअघि सरकारले छायांकन गर्न र सिनेमा हल खोल्न अनुमति दिने सम्भावना कम छ । यस्तो अवस्थाले यस क्षेत्रमा आश्रित जो कोहीको भविष्य अन्योल बनेको छ ।

दुई दशक अगाडि काँचको पर्दामा जमेको जोडी हो- शिव श्रेष्ठ र गौरी मल्ल । रिल (नेगेटिभ) युगको जमानामा ‘सरस्वती, स्वर्ग, धर्मसंकट, मायाघर’ लगायतका फिल्ममा उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । प्रायः फिल्ममा यो जोडीले प्रेम-प्रेमिका भएर अभिनय गरेका छन् । तर, डिजिटल प्रविधिको आगमन भएयता उनीहरुको फिल्ममा सहकार्य हुन सकेको थिएन ।


अभिनेता राजेश हमालको नाममाथि बन्न लागेको फिल्म ‘म राजेश हमाल’ को निर्माण नहुँदै राम्रो हाइप बनेको छ । निर्माता केदार भुषालले निर्माण गर्न लागेको यो फिल्म राजेश हमालको जीवनीमा आधारित भएर बन्न लागेको भने होइन । तथापी, उनको जीवनबाट फिल्म ‘इन्स्पायर्ड’ हुनेछ । निर्माता भुषालले फिल्ममा अतिथी भूमिकाका लागि राजेश हमाललाई नै अफर गरेका छन् ।

फिल्म ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि फिल्म क्षेत्रले साम्राज्ञी आरएल शाहलाई नायिकाको स्टारडमको भ्याकुम पूरा गर्ने अभिनेत्रीको रुपमा हेरेको थियो । यी दुई फिल्मबाट उनले आफ्नो स्टारडम प्रमाणित गरेकी थिइन् । उनको नामैले फिल्म चल्छ भन्ने विश्वास त्यसबेला फिल्ममेकरमा देखिएको थियो । यसैले उनलाई हिरो बारबार पारिश्रमिक दिन समेत निर्माताहरु तयार भए ।

