मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

महिलाको शिरविन्दु बन्थें होला - बिमलेश अधिकारी (नायक)

संजय सौगात, , 2011/09/28

चलचित्र ब्रेकफेल स्टार बिमलेश अधिकारी अहिले चलचित्र क्षेत्रमा  स्थापित हुनको लागि संघर्षरत छन् । मोडलिङ तथा चलचित्र क्षेत्रमै लाग्ने उद्देश्यका साथ आठ बर्ष पहिले राजधानी छिरेका विराटनगर-१६ का स्थायी बासिन्दा बिमलेसको अहिलेसम्म करिव ७० वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।

 

हेमन्त शर्माको जाली रुमाल गीतको म्यूजिक भिडियोबाट मोडलिङमा हात हालेका बिमलेशले थुप्रै बिज्ञापनमा पनि काम गरिसकेका छन् । केही बर्ष जागिर गर्नै क्रममा मिडिया लाइन ग्याप· गरेको बताउछने बिमलेशले कम्प्यूटर डिजाइनरको पनि काम गरे र पछि त्यो जागिरलाई नै छाडेर उनी फेरी म्यूजिक भिडियोमा निरन्तरता दिन थाले । मोडलिङ सँगसँगै अहिले उनी ठूलो पर्दाको चलचित्रमा स्थापित हुने क्रममा छन् ।

 

बिमलेश अभिनय गरेको चलचित्र 'ब्रेकफेल' केहि साता अगाडी मात्र प्रदर्शन भयो भने अर्को चलचित्र 'तुलसी' प्रदर्शनको क्रममा रहेको छ । साथै तिहार पछाडि अर्को प्रोजेक्टमा पनि उनले काम गर्दैछन् । यिनै नवनायक अधिकारीसँग बुटवलका रंग पत्रकार संजय सौगातले गरेको कुराकानीको संपादित अंश-


तपाईलाई महिला स्वार्थी लाग्छ कि पुरुष ?
दुवै उस्तै उस्तै लाग्छ तर अलि गहन तरिकाले सोच्ने हो भने महिला नै बढि स्वार्थी हुन्छन् ।


किन ?
किनकी महिलाहरुले पुरुषलाई बढि प्रयोग गर्छन् र पुरुषहरु महिलाहरु प्रति आर्कषित हुने भएकाले पनि उनीहरुले पुरुषसँग बढि स्वार्थ लुट्न खोज्छन् ।


तपाईलाई कस्ती महिला मन पर्छ ?
मलाई स्वार्थ नराख्ने धेरै मोर्डन पनि नभएको र धेरै सिम्पल पनि नभएको मोर्डन भन्दा थोरै तल सिम्पल भन्दा थोरै माथी भएको बिचको महिला मन पर्छ ।


तपाईलाई महिलाको कुन अंगले आकर्षित गर्छ ?
मलाई सबैभन्दा मन पर्ने अंग आँखाले आकर्षित गर्छ ।

तपाई महिलाको कुनै अंग हुन पाउनुभयो भने के बन्न चाहनुहुन्छ ?
यदि म महिलाको कुनै एक गहना हुन पाए भने शिरको शिरवन्दी हुने थिए होला । किनकी शिरवन्दी बनेर महिलाको सौर्न्दर्य झल्काउथे ।  अर्को कुरा उच्च स्तरमा वस्न पाइने भएकोले पनि ।


जीवनमा कहिले  रुनुभएको छ ?
करिव डेढ बर्ष अगाडी मेरो आफ्नै दाई रमेश अधिकारीको निधन हुँदा म अनकन्ट्रोल हुने गरी रोएको छु । त्यो सम्झदा अझै पनि मलाई कस्तो नरमाइलो लाग्छ ।


जीवनमा गरेको भुल तर अति रमाइलो केही छ ?
भुल तर रमाइलोको कुरा गर्दा मलाई केही महीना अगाडिको याद आयो । एक पटक मोडलिङको फोटो सेसन गर्नै क्रममा हामी तीनजना साथीहरु संगै थियौ त्यो वेला हामी मन पर्नै र मन नपर्नै कुराको वारेमा कुरा गरिरहेका थियौ । त्यसवेला मैले वोल्दै जांदा मेरै साथीकै गर्ल फ्रेण्डलाई मन नपर्नै भनेर भनेछु । मलाई थाहा थिएन तर त्यो साथीले उतिवेलै मेरो गर्लफ्रण्ड हो तलाई किन मन पर्न पर्‍यो र भनेको थियो । त्यो पल सम्झदा मलाई अझै पनि नरमाइलो लाग्छ ।


बाटोमा हिड्दा केटीहरुले कत्तिको जिस्क्याउँछन ?
जिस्क्याउन त पहिले यो मिडिया लाइनमा नलाग्दा पनि जिस्क्याउथे तर अहिले मिडिया लाइनमा लागिसकेपछि केटीहरुले मात्रै नभई केटाहरुले पनि जिस्क्याउँछन् ।


कसैलाई प्रेमपत्र लेख्नुभएको छ ?
प्रेमपत्र मैले कसैलाई लेखिन वरु मलाई नै उल्टै प्रेम पत्रहरु आएका छन् । कलेज पढ्दा एक जना युवतीले मलाई प्रेमपत्र दिएकी थिईन तर विविध कारणले गर्दा मैले उनलाई स्वीकार्न सकिन ।


सेक्सलाई कसरी हेर्नुहुन्छ ?
सेक्स एक आवश्यकता हो । यसलाई मानिसले चाहेर पनि रोक्न गर्न सक्दैन ।


अनुभव गर्नुभएको छ ?
यसलाई नखोलौ ।


जीवनमा प्रलय आउँदा तपाईं मात्रै बांच्नुभयो भने के गर्नुहुन्छ ?
सबै मरेर र म मात्रै बांचे भने त एकैछिन यताउता हेर्थें होला अनि निरास भएर तडपिएर म पनि मर्थै होला ।