Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’को ‘बुझन मलाई’ गीतमा काजीको मनोभाव

फिल्मीखबर, काठमाडौं, 2026/10/29

Dayahang Rai

 

काठमाडौं । दसैंको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहँदा बिहीबार नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक गरिएको छ । ‘थाकखोल’का गायक कालीप्रसाद बास्कोटाको शब्द, संगीत तथा गायन रहेको गीतले काजी पात्रको मनोभाव प्रस्तुत गरेको छ । 

बाहिरबाट जिद्दी देखिने काजी (दयाहाङ राई)को भित्री भावना र संवेदनालाई उजागर गरेको गीतले काजीको स्वभावलाई ढुंगा र फूलको थुंगा दाँज्दै भनेको छ, ‘सताए मलाई म ढुंगा भइदिउँला, मायाले बोलाए फूलको थुंगा भइदिउँला ।’ यसले काजी मानिसको व्यवहारअनुसार आफूलाई प्रस्तुत गर्ने स्वभावको रहेको भाव व्यक्त गर्छ । 

बिहीबार मध्यान्ह १२ बजेसम्म घरेलु बजारमा ८ करोडमाथिको व्यापार गरिसकेको ‘कबड्डी ५’ले शनिबारसम्म १० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । फिल्मले दसैं विदा सकिएपछि पनि दैनिक एक करोडमाथिको व्यापार गरिरहेको छ । अब धेरैको चासो फिल्मले अघिल्लो श्रृंखला ‘कबड्डी ४’को २१ करोड ४४ लाखको रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्नेमा छ ।

थकाली समुदायको सामाजिक परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।