मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोकको जुँगा चैट

अनुप भट्टराई , काठमाण्डौ, 2010/08/08

कलाकार एवं चलचित्र निर्माता अशोक शर्माले आफ्नो जुँगामा परिर्वतन ल्याएका छन् ।  बिहिबार चलचित्र 'फष्टलभ'को प्रिमियरमा नयाँ जुँगे गेटअपमा भेटिएका शर्माको नजिक पर्ने धेरै व्यक्तिहरु स्टाइलिष्ट जुँगा दुई बर्षअगाडीको पूर्वरत डिजाईनमा गएको देख्दा उनलाई निकै अनौठो  मानेर हेरिरहेका थिए ।



 दुई बर्ष पहिले चलचित्र 'मेरो एउटा साथी छ'  को सुटिङको क्रममा सो जुँगाको साथमा वकिलको भुमिकामा देखिएका शर्मालाई आफुले कुन डिजाईनको जुँगा राखेको
भन्ने चाहिँ अझै थाहा नभएको बताए ।  जुँगाको आकार  परिर्वतन गर्दा समेत डिजाईनको नाम थाहँ  पाउन नसकेका शर्मालाई कुन डिजाईन थियो त त्यो जुँगा  भनि सोधिएको प्रश्नमा उनको उत्तर थियो 'के हो के हो ?' 


 
माथिल्लो ओठबाट ९० डिग्रीको सिधा कोण बनाएर चिउडो सम्म जुँगा झारेका शर्माले अहिले भने माथिल्लो ओठ भन्दा तलको भागको जुँगालाई  झण्डै  डेढ इन्च काटिदिएर चैट बनाईदिएका छन् ।