मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?

फिल्मीखबर, काठमाडौं, 2024/03/27

फिल्म ‘बाटो’को प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रमुख अशोक शर्माविरुद्ध चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा उजुरी परेको छ । फिल्मका निर्माता चन्दन झाले डिसिएनसँगको पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन वा सम्झौता रद्ध गर्न प्रस्ताव गर्दा वितरक शर्माले अस्वीकार गरेको उजुरी पत्रमा उल्लेख छ ।

 

Ashok Sharma and chandan jha


उजुरीमा भनिएको छ, ‘हामीले डिसिएनलाई मार्केटिङ प्रमोसन आदिका लागि रकम आग्रह गरका थियौं । र, हाम्रो पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका थियौं । तर, डिसिएनले हाम्रो सो प्रस्ताव अस्वीकार गरेको हुनाले हामीले वर्तमान सम्झौता रद्ध गर्न पनि अनुरोध गयौं । तर, डिसिएनका अध्यक्ष अशोक शर्माले सम्झौता रद्ध वा परिमार्जन गर्न अस्वीकार गरी नेपालमा हाम्रो फिल्मको प्रदर्शनमा रोक लगाउने त्रास देखाउनुभयो । निर्माताको हैसियतले म अन्त्यन्त पीडित अवस्थामा छु ।’ निर्माता झाले यो विषयमा समस्या समाधानका लागि बोर्ड र निर्माता संघसँग अनुरोध गरेका छन् ।

फिल्मको प्रचारका लागि रकम आग्रह गर्दा अशोक शर्माले अस्वीकार गरेको र अर्को वितरकलाई दिए रिलिज रोक्ने त्रास देखाएको निर्माता झाको गुनासो छ । उनी भन्छन्, ‘एक वर्ष अगाडि डिसिएनसँग सम्झौता हुँदा हामीलाई पैसाको खाँचो थिएन । तर, अहिले अप्ठ्यारो परेकाले केही रकम मागेका थियौं । तर, अशोक शर्माले पैसा दिँदैनौं भन्नुभयो । अरुलाई वितरण गर्न दिन्छौं भन्दा पनि उहाँले मान्नुभएन । त्यस्तो गरे रिलिज नै गर्न दिन्नँ भन्नुभयो ।’ फिल्ममा डिसिएनले केही लगानी गर्नुपर्ने उनको अडान छ ।

वितरक शर्माले भने पहिला भएको सम्झौताकै आधारमा फिल्म वितरण गर्न सकिने बताएका छन् । पहिला निर्माताले पैसा नचाहिने भनेर सम्झौता गरेको र अहिले आएर एमजी दिनुपर्ने कि २० लाख लगानी गर्नुपर्ने सर्त अगाडि सारेकाले आफू तयार नभएको उनले बताए । ‘बाटो’लाई डिसिएनले वितरण गर्ने भनेर हल्ला भइसकेकाले फिल्म छाड्न नसकेको उनको भनाई छ ।

 

bato movie


टिजर र ट्रेलरबाटै चर्चामा रहेको ‘बाटो’ रोड थ्रिलर फिल्म हो । मदन थापाको लेखन तथा निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको अभिनय छ । शरण ऋषिले फिल्म छायांकन गरेका हुन् । उनी दक्षिण भारतीय फिल्ममा सक्रिय छन् । फिल्मलाई नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर ४ वटा भाषामा तयार गरिएको छ ।