मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १६ गतेदेखि ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

फिल्मीखबर, काठमाडौं, 2024/03/14

nepal culture international film festival

 

‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को पाँचौं संस्करण यही चैत १६ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच महोत्सवमा ३७ देशका फिल्मले सहभागिता जनाउने जानकारी गराइयो । चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा ६० वटा फिल्म प्रदर्शन गरिने आयोजक संस्था नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए ।

तीन दिने महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल छलफल र मास्टर क्लास पनि राखिएको छ । सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ वटा स्वदेशी र १५ वटा विदेशी फिल्मलाई पुरस्कृत समेत गरिनेछ । महोत्सवमा फिल्म दर्ता र प्रवेश निःशुल्क रहेको जनाइएको छ ।

महोत्सवको अन्तर्राष्ट्रिय निर्णायकहरुमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेन्क, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक र कोरियाकी मिरियम ग्लेजर छन् । त्यस्तै, राष्ट्रिय निर्णायकमा मोहन निरौला, शान्तिप्रिय, आचा दवाडी, मोहन राई, सुष्मा कार्की, जय निशान्त र सुवास श्रेष्ठ प्रधान छन् ।

अध्यक्ष सुवेदीले महोत्सवलाई मानवअधिकार र दिगो विकास जस्ता मुद्धाहरुमा संवादको मञ्चको रुपमा पनि प्रयोग गरिने बताएका छन् । उनी भन्छन्, ‘मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलताका विषयवस्तुलाई प्रवर्द्धन गर्नु पनि महोत्सवको उद्देश्य हो । महोत्सवले सांस्कृतिक आदानप्रदान र समझदारीको माध्यमको रुपमा फिल्मको विश्वव्यापी अपिललाई जोड दिनेछ ।’