मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओभरसिज बजारमा ‘रङ्गेली’को माग

फिल्मीखबर, काठमाडौं, 2024/03/13

Rangeli Movie

 

ग्याङ्गस्टर कथामा निर्माण भएको फिल्म ‘रङ्गेली’को नेपाल प्रतिक्रियापछि ओभरसिज बजारमा माग बढ्न थालेको छ । प्रदर्शनअघि नै अमेरिका, क्यानडा, जापान र कोरियामा बिक्री भइसकेको फिल्मको हालै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा प्रदर्शन अधिकार बिक्री भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । अरु देशबाट पनि फिल्मको माग आएको उनले बताए ।

अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशमा रिलिजको लागि अन्तिम तयारी भइरहेको पनि निर्देशक सुवेदीको भनाई छ । मलेशियासहित ६ वटा खाडी मुलुकमा सुरज लम्साल र एक्का बास्सा इन्टरटेन्मेन्टले रिलिज गर्दैछ । अमेरिका वितरणमा एक्काले लाइभ एट प्रिजेन्टसँग सहकार्य गरेको छ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले फिल्मको वितरण गर्दैछ ।

शिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘रङ्गेली’लाई दर्शकबाट अब्बल ‘वर्ड अफ माउथ’ मिलेको निर्माण टिमको दाबी छ । दर्शकबाट फिल्म केही लामो भएको प्रतिक्रिया प्राप्त भएपछि २१ मिनेट घटाइएको थियो । अब फिल्म साढे २ घण्टाको छ । बुधवार धेरै हलहरुमा ५० प्रतिशत छुटको अफर भएकाले फिल्ममा दर्शकको चाप उल्लेख्य रहेको वितरकले जनाएका छन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धितालको मुख्य भूमिका छ भने क्लाइमेक्समा अभिनेता आर्यन सिग्देल भिलेन अवतारमा देखिएका छन् । उनको इन्ट्रीले दर्शकलाई ‘सरप्राइज’ बनाएको छ । अब यसको सिक्वेल (रङ्गेली २)मा आर्यनको भिडन्त दयाहाङसँग हुने देखिन्छ । सुसन प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।