मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

को थिए ओपेनहाइमर ? जसको जीवनमा बनेको फिल्मले ७ वटा ओस्कार जित्यो

एजेन्सी, काठमाडौं, 2024/03/13

The complex true story of theoretical physicist J. Robert Oppenheimer | The  West Australian

 

अघिल्लो वर्ष (२०२३)मा रिलिज भएको हलिउड फिल्म ‘ओपेनहाइमर’ले विश्व बजारमा नै अप्रत्यासित कमाई गर्‍यो । यसले विश्वभर ९६० मिलियन डलर अर्थात् झण्डै नेपाली ८ हजार करोडको कमाई गरेको थियो । यतिबेला विश्वका एकसेएक प्रतिष्ठित फेस्टिभल तथा अवार्डमा आफ्नो वर्चस्व कायम गरेको फिल्मले यही सोमबार भएको ओस्कार अवार्डमा पनि ७ वटा विधामा अवार्ड जित्यो ।

यो फिल्म अमेरिकी भौतिक वैज्ञानिक जे रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित भएर बनेको हो । उनले परमाणु बमको निर्माण गरेका थिए । उनको जन्म २२ अप्रिल १९०४ मा न्यूयोर्क सहरमा एक यहूदी परिवारमा भएको थियो । उनका पिता जूलियस जर्मन आप्रवासी थिए, जो कपडा व्यवसायमा काम गर्दथे । उनकी आमा एला फ्रीडम्यान चित्रकार थिइन् । रोबर्टका एक भाई पनि थिए ।

सन् १९२७ मा फिजिक्समा विद्यावारिधी गरेका उनी सन् १९४२ मा लस अलामोसस्थित एक नयाँ हतियार प्रयोगशालाको निर्देशकमा नियुक्त भए, जहाँ उनलाई परमाणु बम बनाउनुपर्ने थियो । त्यसको गुत्थी सुल्झाउन उनले फिजिक्सका एकसेएक वैज्ञानिकहरुलाई एकजुट गरे । र, साढे २ वर्ष काम गरेपछि अमेरिकी सरकारले उनीहरुलाई यूरेनियम तथा प्लूटोनियम बम बनाउन आदेश दियो ।

१६ जुलाई, १९४५ मा ओपेनहाइमरसहितको वैज्ञानिकहरुले प्लूटोनियम परमाणु बमको पहिलो परीक्षण गरेका थिए । त्यसको ठीक तीन हप्तापछि एनोला गे हवाई जहाजबाट यूरेनियम बम जापानी शहर हिरोशिमा गिराइएको थियो । त्यसपछि ९ अगस्त, १९४५ मा जापानको नागासाकीमा प्लूटोनियम बम खसाइयो । यी दुईटा परमाणु बम विस्फोटबाट करिब दुई लाखको मृत्यु भएको बताइन्छ ।

 

Kids News: Meet J Robert Oppenheimer, the father of the atomic bomb |  KidsNews


यो भयानक शक्तिबाट ओपेनहाइमर भयवित भएका थिए । त्यसपछि हाइड्रोजन बम निर्माणको विरोध गरेका उनले पछि जागिर नै त्यागिदिए । १८ फेब्रअरी सन् १९६७ मा घाँटीको क्यान्सरबाट निधन भएका उनले सन् १९३० को दशकमा संस्कृत समेत सिकेका थिए । उनले ‘गीता’देखि कालिदासद्वारा रचित ‘मेघदूत’सम्म पढेका थिए । संस्कृत पढे पनि उनलाई हिन्दू धर्मप्रति झुकाव थिएन ।