मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओटीटी ‘कान्तिपुर सिनेमाज्’ ओटीटीमा ‘नेपाली फिक्सन’

फिल्मीखबर, काठमाडौं, 2024/03/13

Nepali Fiction Poster - Sanjog

 

विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’मा स्वतन्त्र फिल्ममेकरले बनाएका फिल्महरु रिलिज भइरहेका छन् । यो प्लेटफर्ममा ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’ लगायतका ‘इन्डिपेन्डेन्ट’ फिल्महरु उपलब्ध छन् । अब अर्को ‘इन्डी’ फिल्म ‘नेपाली फिक्सन’ रिलिज भएको छ ।

एकजना ग्याङ्स्टरलाई लागू औषधको समान पुर्‍याउन गएका दुई पात्रबीच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट उत्पन्न हुने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको गत फागुन २ गते काठमाडौंस्थित विश्वज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई सुखद् प्रतिक्रिया मिलेको थियो । यो फिल्म सन् २०२२ मा बनाइएको थियो ।

फिल्मलाई देवेन्द्र खत्रीले निर्देशन गरेका हुन् । यसअघि उनले थुप्रै सर्ट फिल्म बनाएका छन् । संजोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा, रुपेश दाहाल आदिको अभिनय रहेको फिल्ममा आशिष घिमिरेको छायांकन तथा सजल लोप्चनको सम्पादन छ । यो ओटीटीमा ‘नेपाली फिक्सन’सहित ‘ब्रह्माण्ड’, ‘जुलेबी’, ‘ज्याकी : आईएम ट्वान्टी वान’ जस्ता फिल्म तथा सिरिज उपलब्ध छन् ।