मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेग्नेन्सी फोटोसुट’मा रोमान्टिक ‘सलोमा’ जोडी

फिल्मीखबर, काठमाडौं, 2024/03/13

Salon Basnet & Karishma Kc 2

 

अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । अघिल्लो वर्षको मंसिर १२ गते लगनगाँठो कसेका उनीहरु आगामी बैशाखमा आमा-बुबा बन्दैछन् । चिकित्सकले बैशाख २७ गतेको डेलिभरी डेट दिएका छन् । गएको मंसिरमा पहिलो विवाह वर्षगाँठको दिन सलोन र करिश्माले आफूहरु अभिभावक बन्न लागेको जानकारी गराएका थिए ।

 

Salon Basnet & Karishma Kc 2


यसबीच, ‘सलोमा’ जोडीले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । बुधबार दुवैले आ-आफ्नो सामाजिक सञ्जालमा सेअर गरेको तस्वीरमा उनीहरु रोमान्टिक र हर्षित भावमा देखिएका छन् । र, सलोनले क्याप्सनमा ‘नयाँ अध्याय सुरु’ भनेर लेखेका छन् । उनीहरु पहिलो सन्तानलाई स्वागत गर्न अधैर्य देखिन्छन् । करिश्मा पेशाले एयर होस्टेस हुन् भने केही म्यूजिक भिडियोमा काम पनि गरेकी छन् ।

 

Salon Basnet & Karishma Kc 2


करिश्मा गर्भवति भएदेखि सलोनले कुनै फिल्ममा काम गरेका छैनन् । पहिलो सन्तानको जन्मपछि उनी आफैं फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । यो फिल्ममा सलोनसँगै अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहनेछ । सहायक चरित्रमा रुचाइएका सलोन पछिल्लोपटक फिल्म ‘जय हो’मा देखिएका थिए । अहिले उनी फिल्म छनोटमा चुजी भएको देखिन्छ ।