मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली युवाको नियति बोल्ने ‘उपहार’ गीत

फिल्मीखबर, काठमाडौं, 2024/03/12

Rekha Thapa, Mukun Bhusal, Ryder Prashan

 

शुक्रबार (महाशिवरात्रि)देखि प्रदर्शनमा आएको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’को पाँचौं गीत सार्वजनिक गरिएको छ । ‘खाडीमा भेटौंला’ बोलको मार्मिक भावको गीतमा नेपाली युवाको नियतिलाई व्यक्त गरिएको छ । यो गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना छ । गीतमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त प्रस्तुत छन् ।

फिल्मले प्रदर्शनको दुई दिन उत्साहप्रद व्यापार गरेको थियो । विशेषगरी मध्यान्तरअघिको कमेडी पाटोलाई दर्शकले रुचाएका छन् । फिल्ममा रेखा र मुकुनसँगै पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय आदिको अभिनय छ ।

रेखाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । यो फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।