मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’को हरेक दृश्यमा चुनौती भयो : मिरुना मगर

फिल्मीखबर, काठमाडौं, 2024/02/27

यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगरले थारु युवतीको भूमिका निर्वाह गरेकी छन् । उनी जुनकिरीको चरित्रमा छिन् । यो चरित्रमा अभिनय गरिरहँदा समाजका धेरै पात्रहरुको प्रतिनिधित्व गरेको उनको अनुभव छ । उनको बुझाईमा जुनकिरी स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेको एउटा पात्र हो ।

 

Miruna Magar Rangeli Photo (4)


‘स्क्रिप्ट पढ्दादेखि नै मैले जुनकिरीको चरित्र विकासमा ध्यान दिएको थिएँ । मैले आफैँले पात्र चित्रण गर्दा समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई उतार्ने प्रयास गरेकी छु,’ उनी भन्छिन्, ‘फिल्मका प्रमुख पात्रहरु विजय (दयाहाङ राई), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) मेरो जीवनमा जोडिने चरित्रहरू हुन् ।’

उनी ‘रङ्गेली’मा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग चाखलाग्दो र जटिल मान्छिन् । ‘उहाँहरू सबैसँगको जुनकिरीको यात्रा चाहिँ एकदमै जटिल छ । हरेक चरित्रको यात्रासँग जोडिँदा दर्शकमा अब के हुन्छ, कता-कता जान्छ, कसरी यस्तो हुन्छ भन्ने कौतुहलता सिर्जना हुनेछ,’ उनको जिकिर छ । प्रायः फिल्ममा महिला कलाकारलाई प्रेमको पात्रको रुपमा मात्र चित्रण गर्ने प्रवृत्ति भएता पनि ‘रङ्गेली’मा आफ्नो चरित्र प्रेमभन्दा माथि रहेको उनको दाबी छ ।

फिल्मका हरेक दृश्यमा आफूलाई चुनौती महसुस भएको पनि मिरुना बताउँछिन् । ‘भावुक दृश्यअघि अन्य पात्रको भावना बुझ्न मलाई गाह्रो भएको थियो । पात्रसँगको सम्बन्ध र त्यो पात्रले कथाभित्र के पाउन खोजिएको छ, त्यो कुरा बुझ्न र कथाको विकास गर्न केही समय लाग्यो । जुनकिरी चरित्र निर्वाह गर्दा आफूले नभोगेका कुराहरु भावनामार्फत बाहिर निकाल्न मलाई गाह्रो भयो,’ उनी अनुभव सुनाउँदै भन्छिन्, ‘मैले वास्तविक जीवनमा त्यो अवस्था भोगेको छैन, तर मेरो चरित्रले भोगेको छ । मैले नदेखेको कुरामा आफैंलाई प्रस्तुत गर्दा गाह्रो भएको थियो ।’

मिरुनालाई आफ्नो चरित्रको आयामबाट दर्शकले धेरै कुरा प्राप्त गर्न सक्छन् भन्ने लाग्छ । आफ्नो चरित्रको बारेमा उनी अगाडि भन्छिन्, ‘जुनकिरी एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवन अगाडि बढाइरहँदा आउने उतारचढावले जुनकिरीमाथि चुनौती थप्छ । त्यो चुनौतीलाई सामना गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले फिल्म हेर्दा महसुस गर्नुहुनेछ ।’

 

Miruna Magar Rangeli Photo (4)


फिल्ममा आफ्नो चरित्रको दह्रो उपस्थिति रहेको उनको जिकिर छ । समाजमा यस्तो हुनुपर्छ र यसरी गर्नुपर्छ भन्ने कुरालाई आफ्नो चरित्रले बोकेको मिरुनाको बुझाई छ । तर, जुनकिरी चरित्रले समाजसँग भन्दा पनि आफ्नै मूल्य र मान्यतासँग धेरै लड्नु परेको उनी बताउँछिन् । आफूले विश्वास गर्ने कुरा र जुनकिरीको जीवनमा हुने कुरामा धेरै फरक रहेको समेत उनको बुझाई छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन छ ।