मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अंशबन्डाको मुद्धामा निशाको स्पष्टीकरण- ‘एकअर्काको सम्पत्तिमा दुवैको नजर छैन’

फिल्मीखबर, काठमाडौं, 2024/02/27

Nisha Adhikari Malla

 

अभिनेत्री निशा अधिकारीले २०७९ सालको भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा श्रीमान् शरद भेषवाकर (पूर्वक्रिकेटर)विरुद्ध अंशबन्डाको मुद्धा हालेकी थिइन् । उक्त मुद्धामा गत मंसिर २८ गते अदालतले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको छ । र, अंश नदिउन्जेलसम्म शरदले मासिक ४१ हजार रुपैयाँ खर्च दिनुपर्ने समेत फैसलामा उल्लेख छ ।

तर, निशाले श्रीमान् र आफूले एकअर्काबाट एक पैसा पनि नलिने दाबी गरेकी छन् । उनले मंगलबार आफ्नो फेसबुकमा नेपाली र अंग्रेजीसहित स्टाटस लेख्दै भनेकी छन्, ‘मेरो छोराको बुवा र मैले एकअर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ ।’ उनले एकअर्काको धन-सम्पत्तिमा दुवैजनाको नजर नरहेको पनि स्पष्ट पारेकी छन् ।

अंशबन्डाको मुद्धा बाहिर आएपछि विभिन्न टिकाटिप्पणी र आफूले गाली खाँदै आएको बताउँदै उनले ६ बुँदामा स्पष्टीकरण दिएकी छन् । आफूले कानुनी उपचार लिनुपर्ने अवस्था व्यक्तिगत रहेको उल्लेख गर्दै निशाले सन्तानले कोबाट धेरै अंश पाउँछ भन्ने कुरा व्यक्तिगत रहेको बताएकी छन् । उनले आफू मर्नुअघि नै छोराको आर्थिक पाटोलाई सुल्झाउन पाएकोमा गर्व महसुस गरेकी छन् ।

निशाले व्यक्तिगत रुपमा आफ्नो लागि विगत दुई वर्ष धेरै गाह्रो भएको र अब त्यो समाप्त भएकोमा खुसी व्यक्त गरेकी छन् । उनी लेख्छिन्, ‘बाबुलाई राम्ररी हेरचाह गरिएको छ । दुवैको रेखदेखमा शान्तिपूर्ण वातावरण नै राम्रो हुनेछ । एक सक्रिय र एक निष्क्रिय अभिभावकको साथ बच्चालाई विषाक्त वातावरणमा राख्न आवश्यक छैन ।’ निशा र शरदको विवाह २०७४ सालमा भएको थियो ।