मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाह गर्दै नन्दिता, क्यानडामा गरिन् इन्गेजमेन्ट

फिल्मीखबर, काठमाडौं, 2024/02/26

Nandita KC

 

अभिनेत्री नन्दिता विवाह बन्धनमा बाँधिने भएकी छन् । यही फागुन १९ गते शनिबार काठमाडौंमा उनको विवाह हुन लागेको हो । डा. अरविन्द्र कटवालसँग उनले विवाह गर्न लागेकी हुन् । केही दिनअघि क्यानडाको बान्फ नेशनल पार्कमा नन्दितालाई कटवालले विवाहको प्रस्ताव राख्दै औँठी पहिराइदिएका थिए । उक्त तस्वीर सेअर गर्दै नन्दिताले आफूले ‘हुन्छ’ भनेको उल्लेख गरेकी छन् ।

आइतबार उनले प्रेमीसँगको एक रोमान्टिक तस्वीर सार्वजनिक गर्दै आफू ‘सिंगल’ नरहेको जनाएकी थिइन् । सोमबार साँझ उनले इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । प्राप्त जानकारी अनुसार, नन्दिताका हुनेवाला श्रीमान् अरविन्द्र कार्डियोलोजिस्ट हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्ने गरेका छन् । नन्दिता पनि विगत लामो समयदेखि अमेरिकामै बस्दै आएकी छन् ।

एक दशकअघि नन्दिताको नेपाली फिल्ममा राम्रो माग थियो । तर, अमेरिका गएपछि उनले अभिनयलाई निरन्तरता दिएकी छैनन् । फिल्म ‘इन्द्रेणी’बाट डेब्यू गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘जंगबहादुरको कोट’ हो । उनले ‘हामी तीन भाई’, ‘बाटो मुनीको फूल’, ‘बसमा छैन यो मन’, ‘सपना, ‘त्रिशुल’, ‘पराई’, ‘लोग्ने मान्छे’, ‘युद्ध’ लगायतका दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।