Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जय हो’ गीतमा केकीसँग रोमान्टिक सलोन, निशाको जोडी माओत्से

फिल्मीखबर, काठमाडौं, 2023/07/17

Nisha, Salon, Keki, Arpan, Maotse

 

आगामी भदौ ८ गतेबाट प्रदर्शन हुन लागेको टेक पौरखी राईद्वारा निर्देशित फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको रोमान्टिक भावको गीतमा शम्भुजित बाँस्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको युगल स्वर छ ।

मुस्ताङको सेटिङमा खिचिएको गीतको भिडियोमा फिल्मका प्रमुख चारजना कलाकारहरु माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, केकी अधिकारी र सलोन बस्नेत फिचर्ड छन् । निशा र माओत्से जोडीको रुपमा प्रस्तुत गीतमा केकी र सलोनलाई रोमान्टिक भावमा नृत्य गर्दै देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा स्थानीय भेषभुषालाई प्राथमिकता दिइएको छ ।

प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको फिल्ममा शम्भुजितका साथै सागर आले मगरको संगीत, सौरभ लामाको छायांकन, सम्राट बस्नेत द्वन्द्व, कविराजसँगै रामजी लमिछानेको कोरियोग्राफी, सुरेश न्यौपानेको लेखन र बनिश शाहको सम्पादन छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।

 

Most Visited News (monthly)