मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त, वर्षा ‘सरप्राइज’

फिल्मीखबर, काठमाडौं, 2023/03/17

२०७३ सालको व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएको थियो । मुहूर्त समारोहमा फिल्मका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए ।

 

pasupati prasad 2


फिल्मको निर्माण घोषणा हुँदा कलाकारहरुमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब फिल्ममा ‘पशुपति प्रसाद’मा विशेष भूमिका निभाएकी वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, निर्देशक दीपेन्द्र के. खनालले फिल्ममा वर्षा ‘सरप्राइज’ रहेको बताए । मुहूर्त समारोहमा वर्षा पनि सामेल थिइन् ।

 

pasupati prasad 2


यही चैत १० गतेबाट छायांकन सुरु हुन लागेको फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

 

pasupati prasad 2


‘पशुपति प्रसाद’मा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन चरित्रमा केन्द्रित रहेर फिल्म बन्नेछ । लेखक लामिछानेले खगत सिक्वेल मात्र बनाउन नलागेको बताएका छन् । उनले अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने दाबी गरे । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई फिल्ममा प्रस्तुत गरिने बताइएको छ । गत माघमा ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्ष पुगेको थियो ।