मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद २’ मा पनि विपिन कार्की ‘भष्मे डन’ !

फिल्मीखबर, काठमाडौं, 2022/01/23
अभिनेता विपिन कार्कीको करिअरको टर्निङ पोइन्टको रुपमा ‘पशुपति प्रसाद’ लाई लिने गरिन्छ । यो फिल्ममा निर्वाह गरेको ‘भष्मे डन’ को चरित्रले उनलाई नयाँ उचाई दिलाएको थियो । उनको बोल्नेदेखि हिँड्ने शैलीसम्म पृथक थियो । चरित्र नकारात्मक भएपनि उनले फिल्ममा जीवन्त अभिनय गरेका थिए । यसैले त अहिले पनि धेरैले उनलाई ‘भष्मे डन’ को रुपमा चिन्ने गरेका छन् । 
 
bipin karki
 
यतिबेला निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता तथा लेखक खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारीमा छन् । निर्देशक खनालले सिक्वेल बनाउने योजना भएपनि कथालाई कसरी अगाडि बढाउने भन्नेमा निधो नभइसकेको बताएका छन् । विपिन कार्कीले भने फिल्मको दोस्रो पार्ट बन्न लागेकोले आफू फेरि ‘भष्मे डन’ को चरित्रमा नै देखिन सक्ने संकेत गरेका छन् । 
 
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले ‘पशुपति प्रसाद’ मा निर्वाह गरेको ‘भष्मे डन’ को चश्मा अहिले पनि जोगाएर राखेको छु । त्यो एकदमै जुगाड चश्मा थियो । फिल्मको छायांकन सकिएपछि म आफैंले त्यो चश्मा लिएर गएको थिएँ । अब ‘पशुपति प्रसाद २’ बन्ने तयारीमा छ, त्यसका लागि काम लाग्छ । त्यो चश्मा मैले नराखेको भए कहिँ हुँदैन थियो । त्यो ७० वर्ष अगाडिको चश्मा हो ।’ 
 
कलाकार भएपछि क्यारेक्टरलाई माया गर्न सक्नुपर्ने उनको कथन छ । फिल्मको कथा सुनेपछि आफ्नो दिमागमा क्यारेक्टरको चित्र तयार हुने र त्यसका लागि चाहिने प्रप्सहरु प्रायः आफैंले खोज्ने गरेको उनी सुनाउँछन् । हालसालै छायांकन सकिएको फिल्म ‘द रेड सुटकेश’ मा पूर्व आर्मीको चरित्र निर्वाह गर्न बुबाले आर्मी हुँदा प्रयोग गरेका सबै सामान लिएर आएको उनले स्मरण गरे । 
 
फिल्म ‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को चरित्रका लागि प्लास्टिकको पहेंलो बेल्ट खोज्न काठमाडौं पूरै घुम्दा नपाएपछि गाउँको हाट बजारबाट मगाएको उनले सम्झिए । तर, फिल्मको छायांकन सकिएपछि क्यारेक्टरसँग सम्बन्ध राख्ने कुनै चिज आफ्नो साथमा नराख्ने उनी बताउँछन् । नयाँ फिल्ममा काम गर्दा अघिल्लो फिल्मको क्यारेक्टरबाट पूर्ण रुपमा मुक्त हुनुपर्ने उनको भनाई छ ।