Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मन्द–मन्द’ गर्दै विनय, प्रमोद र रविन्द्र

फिल्मीखबर, काठमाडौं, 2019/04/27
 
राजबहादुर सानेको निर्देशनमा सस्पेन्स कथामा फिल्म ‘मन्द–मन्द’ निर्माण हुने भएको छ । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनोट कार्य हुँदैछ । फिल्मको छायांकन बैशाख तेस्रो साताबाट हुने बताइएको छ । 
 
रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा हुने निर्देशक सेनले जानकारी दिए । दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । 
 
फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा विद्यमान बेथितिको विषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउँछन् । यसअघि यो टाइटलमा अभिनेता पुष्प खड्का र शिल्पा पोखरेललाई लिएर निर्देशक नवल नेपाल फिल्म बनाउने तयारीमा थिए । तर, विभिन्न कारणले निर्माण हुन सकेन । 
Most Visited News (monthly)