Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्देशक रेनशा र निर्माता जबराले साटे औँठी

फिल्मीखबर, काठमाण्डौ, 2019/04/21
 
निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते दाम्पत्यमा रुपान्तरण गर्दैछन् । दशकअघि फिल्म 'मेरो एउटा साथी छ' को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । लगनगाँठो कस्नुभन्दा अगाडि दुईले आइतबार भव्य समारोहका बीच औँठी साटेका छन् । 
 
आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा उनीहरुको टिकाटालो भएको हो । इन्गेजमेन्ट समारोहमा दुबै निकै खुसी देखिएका थिए । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई फिल्म बन्दैछ । 
 
विवाहपछि पनि फिल्म निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी फिल्म 'आई एम ट्वान्टिवान' निर्देशन गर्दैछिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'इन्टु मिन्टु लण्डनमा' बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यसमा पनि प्रज्जवलकै लगानी थियो । 
 
'आई एम ट्वान्टिवान' मा 'इन्टु मिन्टु...' बाट सानदार डेब्यू गरेका धिरज मगरको प्रमुख भूमिका रहनेछ । योसँगै प्रज्जवलले दशक अगाडिको सुपरहिट फिल्म 'मेरो एउटा साथी छ' को दोस्रो पार्ट पनि निर्माण गर्दैछन् । यसलाई 'प्रसाद' फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने तय भइसकेको छ । दशैंपछि यस फिल्मको छायांकन सुरु गर्ने तयारी छ । 
Most Visited News (monthly)