Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कलंक’ को कमाईमा लगातार गिरावट

एजेन्सी, मुम्बई, 2019/04/21
आलिया भट्ट, सोनाक्षी सिन्हा, वरूण धवन, आदित्य रोय कपूर, सञ्जय दत्त, कुनाल खेमू र माधुरी दीक्षितलगायतका कलाकारहरुको अभिनय रहेको करण जोहर निर्मित बिग बजेटको फिल्म ‘कलंक’ ले प्रदर्शनको ४ दिनमा भारतीय बक्सअफिसमा ५४ करोड ४० लाख कमाएको छ । दर्शकबाट राम्रो रिभ्यू नमिलेका कारण फिल्मको बक्सअफिस तगडा छैन । 
 
फिल्मले पहिलो दिन बक्सअफिसमा सानदार कमाई गर्दै वर्षको पहिलो ठूलो ओपनिङ हासिल गरेको थियो । तर, दोस्रो दिन नै फिल्मको कमाईमा लगभग ५० प्रतिशत गिरावट आएको थियो । 'वकिङ डे' का कारण फिल्मको कमाईमा ठूलो गिरावट आएको ट्रेन एनालिस्ट्सले अनुमान लगाएका थिए । विकेन्डमा फिल्मले राम्रो कमाउने आश गरिएको थियो । तर, त्यसो भएन । 
 
 
यो फिल्म बक्सअफिसमा दिन-प्रतिदिन कमजोर हुँदै गएको छ । गुड फ्राइडेको छुट्टीमा समेत फिल्मको कमाई राम्रो हुन सकेन । फिल्मले पहिलो दिन २१ करोड ६० लाख, दोस्रो दिन ११ करोड ४५ लाख, तेस्रो दिन ११ करोड ६० लाख र चौथो दिन ९ करोड ७५ लाख कमाएको छ । यस हिसाबले फिल्मले चार दिनमा कुल ५४ करोड ४० लाख कमाई गरेको छ । 
 
यो फिल्म भारतमा मात्र ४ हजार स्क्रिनमा रिलिज भएको थियो । यस्तै, वर्ल्ड वाइड यस फिल्मले ५ हजार ३ सय स्क्रिन पाएको थियो । २०१९ मा सबैभन्दा बढी स्क्रिनमा रिलिज हुने फिल्म हो ‘कलंक’ । सर्वाधिक स्क्रिनका बाबजुद पनि फिल्मको दोस्रो र तेस्रो दिनको कमाई अत्यन्त कमजोर मानिएको छ । यसका निर्देशक अभिषेक वर्मन हुन् । यो फिल्म १९४० को ब्याकड्रपमा बनाइएको छ । 
Most Visited News (monthly)