Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा शर्माले यसै वर्ष घरजम गर्ने !

फिल्मीखबर, काठमाण्डौ, 2019/04/18
नेपाली फिल्ममा जीवनको एक दशक विताइसकेकी भर्सटायल अभिनेत्री ऋचा शर्माले सात जन्मसम्म सँगै जीवन विताउने जीवनसाथी भेटिसकेकी छन् । केही समयदेखि उनी दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी छन् । दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । ऋचा र दिपेक्ष्यलाई परिवारबाट समेत विवाहका लागि अनुमती मिलिसकेको छ । 
 
उनीहरु गएको अंग्रेजी नयाँ वर्षमा पोखरा समेत घुम्न गएको चर्चा छ । केही दिन अगाडि फिल्म 'लभ स्टेशन' हेर्न हल पुगेको बेला पत्रकारले ऋचालाई विवाहबारे प्रश्न गरेका थिए । तर, उनले कुनै जवाफ दिएकी थिइनन् । हालै राजधानीमा ठूलो लगानीमा पांग्रा एक्सप्रेस नामको रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी उनी एक सञ्चारमाध्यमसँगको कुराकानीमा विवाहबारे खुलेर बोलेकी छन् । 
 
उनले प्रेमीको नाम लुकाउँदै आफू प्रेममा रहेको भने स्वीकार गरिन् । उनले यसै वर्ष विवाहको सोचमा रहेको पनि बताइन् । प्रेमी कहिले सार्वजनिक गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, 'सार्वजनिक अवश्य गर्छु । धेरै त्यस्ता मौकाहरु थिए सार्वजनिक गर्नका लागि तर हामीलाई त्यो उपयुक्त लागेन । कुनै एक विशेष कार्यक्रममा म उहाँलाई लिएर अवश्य आउनेछु ।' 
 
खबरअनुसार, ऋचा र दिपेक्ष्य दशैंभन्दा अगाडि नै बैबाहिक जीवनमा बाँधिनेछन् । अहिले दुबै पक्षका परिवार विवाहका लागि उपयुक्त समय निकाल्न व्यस्त रहेको बताइएको छ । ऋचाले लामो समयदेखि आफूलाई परिवारबाट विवाहका लागि प्रेसर आइरहेको र आफू पनि अब तयार रहेको बताउँदै आएकी थिइन् । अन्ततः यस वर्ष उनले पनि घरजम गर्ने पक्का भएको छ । 
Most Visited News (monthly)