Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘यात्रा’ गीतमा छल्कियो सलिन र मलिकाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2019/04/18
 
गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको एक हप्ता पूरा हुँदै गर्दा सार्वजनिक भएको ‘फ्लाइङ्ग’ बोलको गीतमा अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महतलाई पोखराको रमणीय स्थानहरुमा रोमान्टिक अवतारमा देख्न सकिन्छ । यसमा प्रविन सिंहको कोरियोग्राफी छ । 
 
गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ । फिल्म रिलिजको एक हप्तापछि गीत सार्वजनिक गर्नुको कारणबारे प्रस्ट्याउँदै निर्देशन सम्राट शाक्य भन्छन्, ‘हामीले पूर्वतयारी अनुसार नै यसलाई रिलिजपछि सार्वजनिक गरेका हौं ।’ उनी फिल्मलाई प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएका छन् । 
 
फिल्ममा सलिनले भ्लगमार्फत् समाजमा ल्याएको परिवर्तनलाई देखाइएको छ । यसमा सलिन र मलिकासँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ । फिल्ममा कलाकार केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा रहेका छन् । 
 
विक्रम पराजुली, मुक्ति तिमल्सिना र राम शरण घिमिरे फिल्मका सह-निर्माता हुन् भने निर्माताको रुपमा सुशील पोखरेल छन् । यसको कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । फिल्मको कथा निर्देशक शाक्यकै हो । उनलाई लेखनमा सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले साथ दिएका छन् । यसलाई सञ्जय लामाले खिचेका हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)