Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कलंक’ : रिभ्यू झुर, ओपनिङ बम्पर

एजेन्सी, मुम्बई, 2019/04/18
 
आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा, माधुरी दीक्षित, सञ्जय दत्त र आदित्य रोय कपूरजस्ता सुपरस्टार कास्टबाट सजिएको फिल्म ‘कलंक’ ले ओपनिङ डेमा बक्सअफिसमा धूम मच्चाएको छ । यो फिल्मले रिलिजको पहिलो दिन नै बक्सअफिसमा बाँकी फिल्मको रेकर्ड ब्रेक गरेको छ । बुधवार रिलिज भएको यो फिल्म वर्ष २०१९ को सबैभन्दा ठूलो ओपनर बनेको छ । 
 
यसले पहिलो दिन नै २१ करोड ६० लाखको कलेक्सन गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सोसल मिडियामा फिल्मको फर्स्ट डे बक्सअफिस कलेक्सन सेयर गरेका छन् । यसले ओपनिङ कलेक्सनमा अक्षय कुमारको फिल्म 'केसरी' (२१.०६ करोड),  रणवीर-आलियाको फिल्म 'गल्ली ब्वाई' (१९.४० करोड) र र अजय देवगनको फिल्म 'टोटल धमाल' (१६.५० करोड) लाई उछिनेको छ । 
 
यो फिल्म वरुण धवन र आलिया भट्टको अहिलेसम्मको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ । यसअघि दुईको फिल्मले पहिलो दिन यति व्यापार गर्न सकेको थिएन । ठूलो बजेटमा बनेको यो फिल्मबाट दर्शकमा ठूलो अपेक्षा थियो । तर, यो फिल्मलाई न दर्शकले रुचाएका छन् न त क्रिटिक्सको रिभ्यू र रेटिङ नै राम्रो आएको छ । भारतमा मात्र फिल्म ४ हजार स्क्रिनमा रिलिज भएको छ । 
 
फिल्म बुधवार महावीर जयन्तीको विदामा रिलिज भएको हो । योसँगै शुक्रवार भारतमा गुड फ्राइडेको पनि छुट्टी छ । ओपनिङसँगै फिल्मलाई दुई छुट्टी मिलेको छ । छुट्टीको फाइदा यो फिल्मले राम्रो उठाउने अनुमान गरिएको छ । यो एक पिरियड ड्रामा फिल्म हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको छ । करण जोहर निर्मित यसका निर्देशक अभिषेक वर्मन हुन् । 
Most Visited News (monthly)