Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पसिना’ मा गौरव शिक्षक, अनु पत्रकार (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/17
 
यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ । आर.बि. खत्री ‘शरद’ ले फिल्म निर्देशन गरेका हुन् । 
 
फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् । दुईले एकसाथ स्क्रिन साझेदारी गरेको यो पहिलो फिल्म हो । फिल्ममा अभिनेता सरोज खनाल पुलिस अफिसरको भूमिकामा छन् । रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहेको छ । 
 
‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक खत्रीको कथा रहेको फिल्मको निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । यस फिल्मलाई राम केसीले खिचेका हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)