Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वीरविक्रम २’ गीतः पलले गरे वर्षाको मन नदुखाउने वाचा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/16
जेठ ३ मा आउने मिलन चाम्स निर्देशित नयाँ फिल्म ‘वीरविक्रम २’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले ‘वाचा’ बोलको गीत नयाँ वर्षको उपहार स्वरुप सार्वजनिक गरेको हो । गीतमा फिल्मका लिड अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी रोमान्टिक अवतारमा प्रस्तुत छन् । 
 
 
 
 
ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा गायक ताराकै संगीत छ । सञ्चारकर्मी नरेश भट्टराईले गीतका शब्द सृजना गरेका हुन् । कविराज गहतराजको  कोरियोग्राफी रहेको गीतको भिडियोमा छायाँकार सुदीप बरालले विदेशका सुन्दर लोकेसनहरु कैद गरेका छन् । भिडियोमा राजेन्द्र मोक्तानले राम्रो रंग खेलाएका छन् । पल र वर्षाको केमेस्टी पनि गजब देखिएको छ । 
 
फिल्ममा अभिनेता नाजिर हुसेनको पनि प्रमुख भूमिका छ । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा अपर्ण सापकोटा निर्माताको रुपमा रहेका छन् । ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्देशक चाम्सले बताएका छन् । 
 
 
 
राजधानीमा आयोजित ‘वाचा’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले फिल्म नयाँ कथामा निर्माण भएको बताए । 'पहिलो पार्टभन्दा ‘वीरविक्रम २’ पूरै अलग रहेर बनेको छ । पात्रहरु नयाँ छन् । कथा नयाँ छ । कमेडी, एक्सन, प्रेम, रोमान्स सबै कुराको स्वाद दर्शकले फिल्ममा पाउनुहुन्छ', उनी सुनिए । फिल्ममा पलले वीर, नाजिरले वीक्रम र वर्षाले बादलको भूमिका निभाएका छन् । तीनै स्टार्स फिल्मलाई लिएर उत्साहित देखिए । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)