Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा २’ हिरो स्वरुपले गरे टिकाटालो

फिल्मीखबर, काठमाण्डौ, 2019/04/16
दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता स्वरुपपुरुष ढकालले टिकाटालो गरेका छन् । सोमवार उनले मुस्कान सुवेदीसँग औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवारको उपस्थिति थियो । विवाहको मिति बैशाख २९ गतेलाई तोकिएको छ । दुईबीच मागी विवाह हुन लागेको हो । 
 
 
यस वर्षको बैशाख अभिनेता स्वरुपका लागि दुई कुराले अविस्मरणीय हुने भएको छ । पहिलो, बैशाख अन्तिमबाट उनी जीवनको दोस्रो अध्याय सुरु गर्दैछन् । दोस्रो, लगनगाँठो कस्नुभन्दा अगाडि उनी अभिनीत फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा प्रदर्शनमा आउँदैछ । दीपाश्री निरौला निर्देशित यो फिल्म बैशाख १३ गतेबाट मुलुकभरका हलमा लाग्दैछ । 
 
हलमा रिलिज भएको दुई वर्ष वितिसक्दा पनि युट्युब रिलिज नभएको यस फिल्म फेरि एकपटक दर्शकले हेर्ने इच्छा व्यक्त गरेका कारण प्रदर्शन गर्न लागिएको कलाकार तथा निर्माता दीपकराज गिरीले बताएका छन् । यसमा स्वरुपको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । यो फिल्मले बक्सअफिसमा मनग्य पैसा कमाएको थियो । 
 
 
फिल्म सुपरहिट भए पनि 'जश' भने अभिनेता स्वरुपको पोल्टामा परेको थिएन । उनी कमेडी कलाकारको हुलमै हराए । ‘छक्का पञ्जा २’ पछि उनी अभिनयबाट निस्कृयजस्तै देखिएका छन् । फिल्म नगर्ने भनेर बसेका हुन् वा हातमा फिल्म नै नपरेको हो ? त्यो भने उनी नै जान्दछन् । उनको 'सुस्केरा' डेब्यू फिल्म भए पनि हलमा रिलिज भएको पहिलो फिल्म भने ‘छक्का पञ्जा २’ हो । 
Most Visited News (monthly)