Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन मानिनन् सुपुष्पाले रमितसँग काम गर्न ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/15
 
एक समय नेपाली फिल्ममा आफ्नो बोलबाल रहँदा अभिनेता रमित ढुंगानासँग काम गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । तर, गएको केही वर्षमा समयले कोल्टे फेरिसकेको छ । अहिलेका अभिनेत्रीहरु उनीसँग होइन चकलेटी ब्वाई अनमोल केसी वा प्रदीप खड्कासँग स्क्रिन साझेदार गर्न लालयित हुने गर्दछन् । हालै ‘रणवीर’ फेम्ड अभिनेत्री सुपुष्पा भट्टले रमितसँग रोमान्स गर्न अस्वीकार गर्नुले पनि यो कुरालाई थप छर्लङ्ग पार्छ । 
 
गएको महिना अभिनेता रमितले १८ लाख पारिश्रमिक बुझेर ‘राजा साहेब’ नामक फिल्म साइन गरेका थिए । अहिले यो फिल्मका लागि निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ । अभिनेत्री खोजीकै क्रममा निर्माण टिमले सुपुष्पालाई रमितको अपोजिटका लागि अप्रोच गरेको थियो । तर, उनले रिजेक्ट गरिन् । फिल्मको सुटिङको बेला आफ्नो परिक्षा पर्ने भएकाले गर्न नसकेको उनले फिल्मीखबरसँग बताएकी छन् । 
 
उमेरमा ठूलो अन्तर भएका कारण जोडी नसुहाउने भएकाले उनले फिल्म छाडेको चर्चा फिल्मवृतमा छ । तर, यो कुराको खण्डन गर्छिन्, उनी । 'मैले एज ग्याप धेरै भयो भनेर फिल्म छाडेको होइन । फिल्मको सुटिङको बेला मेरो परिक्षा पर्ने भएकाले मात्र गर्न नसकेको हुँ । मलाई सुनाइएको मेरो क्यारेक्टर मनपरेको थियो', उनले भनिन् । आफूलाई रमितको ठूलो प्रशंसक बताउने उनी भन्छिन्, 'भविष्यमा उहाँसँग सँगै काम गर्ने इच्छा छ ।' 
 
फिल्म 'रणवीर' मा उनको स्वभाविक अभिनयको गजबले प्रशंसा भएको थियो । उनको सुन्दरताले पनि धेरैलाई मोहित बनाएको थियो । यो फिल्म लगत्तै उनले अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीसँग 'स्प्राइट' को एक विज्ञापनमा सँगै काम गरेकी थिइन् । फिल्मीखबरसँग फोनवार्तामा उनले अनमोलको तारिफ गर्दै फिल्ममा पनि काम गर्ने इच्छा रहेको बताइन् । उनी भन्छन्, 'उहाँ (अनमोल) एकदम हम्बल, काइन्ड, डाउन टू अर्थ हुनुहुन्छ ।' 
Most Visited News (monthly)