Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘झ्यानाकुटी’ निर्देशकसँग दीपकराजको टिमअप

फिल्मीखबर, काठमाण्डौ, 2019/04/15
 
यस वर्ष दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले दुई बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई फिल्म निर्माण गर्दैछ । पहिलो, निर्माता रोहित अधिकारीको एकल लगानी रहने फिल्म 'छ माया छपक्कै' मा उनीहरुको सहकार्य कन्फर्म भइसकेको छ । लगानी रोहितको सोलो हुने छ । तर, फिल्मको मुनाफाको ५० प्रतिशत भने दीपकराजको टिमले लैजाने सर्त छ । फिल्मलाई 'घामपानी' र 'गोपी' फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशनको कमाण्ड सम्हाल्दैछन् । 
 
बैशाख अन्तिमबाट यो फिल्मको छायांकन सुरु हुँदैछ । यसको कथा, पटकथा र संवाद अहिले दीपकराजले लेखिरहेका छन् । फिल्ममा उनीसँगै केदार घिमिरे र जितु नेपाल लिड रोलमा रहनेछन् । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती फिल्मस्को संयूक्त ब्यानरमा यो फिल्म बन्नेछ । दशैंमा फिल्म प्रदर्शनमा आउने निश्चित भइसकेको छ । योसँगै दीपक-दीपाको टिमले अर्को बाहिरी ब्यानरसँग गर्न लागेको दोस्रो फिल्मको पनि टुंगो लागेको छ । 
 
उनीहरुको ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनवारसँग टिमअप भएको छ । फिल्मलाई निर्देशक सिमोस स्वयंले निर्देशन गर्नेछन् भने लगानी पनि उनको एकल रहनेछ । तर, फिल्मको मुनाफाको ६० प्रतिशत दीपक-दीपाको टिमले लैजाने सहमती भएको जानकारी प्राप्त छ । यसबारे भने निर्देशक सिमोसले बताउन चाहेनन् । फिल्मको कथा अहिले लेखक प्रदीप भारद्वाजले लेखिरहेका छन् । फिल्मको नाम फाइनल भइसकेको छैन । 
 
 
कलाकार दीपकराज गिरी र लेखक प्रदीप भारद्वाज
 
तिहारपछि फिल्मको छायांकन सुरु हुने निर्देशक सुनवारले फिल्मीखबरलाई बताए । फिल्ममा दीपकराज गिरीको प्रमुख भूमिका रहने पक्का भए पनि बाँकी कलाकारहरुको टुंगो नलागेको उनको भनाई छ । '६ एकान ६' देखि 'छक्का पञ्जा ३' सम्म आइपुग्दा दीपक-दीपाको टिमलाई दर्शकले निकै विश्वास गरेका छन् । यही कारण उनीहरु पहिलो पटक मुनाफा लिने सर्तमा बाहिरी ब्यानरसँग सहकार्य गर्न लागेका हुन् । 
 
फिल्म सफल भएको खण्डमा सम्झौता बमोजिम मुनाफाको ५०/६० प्रतिशत शेयर दीपक-दीपा टिमको हातमा पर्नेछ, विना लगानी । फिल्मले लगानी पनि नउठाए मिहिनेत बेकार जानेछ । अर्थात्, हातमा सुक्को पर्ने छैन । दीपक-दीपाले मोलेको यो जोखिमलाई धेरैले प्रशंसा गरेका छन् । यसले निर्माताहरु नमर्ने कतिपयको भनाई छ । नेपालका चलेका अरु कलाकारले पनि यसलाई अनुशरण गर्नुपर्ने फिल्मवृतमा बहस सुरु भएको छ । 
Most Visited News (monthly)