Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ सलमानको ‘भारत’ लुक्स ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/15
 
यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सलमान खान फिचर्ड छन् । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल हो । किनकि, उनको लुक्स र मेकअप निकै रियल देखिएको छ । 
 
सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तश्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, 'जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।' ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनको ६ अलग-अलग लुक्स छ । फिल्म यही इदमा रिलिज हुँदैछ । 
 
यो फिल्ममा सलमानका अलावा कटरीना कैफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र सुनील ग्रोवरको पनि अभिनय छ । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । अली र सलमानको यो तेस्रो सहकार्य हो । योभन्दा अगाडि दुईले 'सुल्तान' र 'टाइगर जिन्दा हे' बनाएका थिए । दुबै सुपरहिट भएको थियो । 
 
‘भारत’ ले पनि बक्सअफिसमा नयाँ रेकर्ड बनाउने अनुमान धेरैको छ । यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ । अब दर्शकलाई फिल्मको ट्रेलरको प्रतिक्षा छ, जुन  २४ अप्रिलमा रिलिज हुँदैछ । फिल्म भने ५ जूनमा रिलिज हुनेछ । यो त्यही फिल्म हो, जसमा पहिला प्रियंका चोपडा लिड रोलमा थिइन् । उनले हात झिकेपछि कटरीनाको प्रवेश भएको थियो ।
Most Visited News (monthly)