Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

एक हप्तामा कति कमायो ‘लभ स्टेसन’ ले ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/13
राजधानीमा बक्सअफिस लागू भएको करीब ६ महिना भइसकेको छ । तर, बक्सअफिस लागू भएको कसैले महशुस गर्न पाएका छैनन् । राजधानीमा आफ्नो फिल्मले कति कमायो भन्ने यकिन रिपोर्ट अझै सम्बन्धित निर्माताको हातमा पर्न सकेको छैन । चुरोटको खोलमा वितरकहरुले निर्मातालाई फिल्मको हिसाब-किताब बुझाउनु पर्ने अवस्थाको अन्त्य अझै भएको छैन । उता, निर्माताहरु पनि लाख नकमाएको फिल्मले करोड कमाएको डंका फुक्न छाडेका छैनन । 
 
वर्षौदेखि मिडियाले वितरक र निर्माताले दिएको कलेक्सन रिपोर्टलाई नै सत्यता मान्नुपर्ने अवस्था छ । तर, एकाध फिल्मका निर्माताबाहेक अरु कसैले फिल्मको वास्तविक कलेक्सन रिपोर्ट बताउन चाहँदैनन् । फाट्टफुट्ट निर्माताबाहेक अधिकांशले १० लाख नकमाएको फिल्मले करोड कमाएको भन्दै हल्ला पिट्ने गर्दछन् । यहाँ कोही आफ्नो फिल्म फ्लप भएको स्वीकार गर्ने पक्षमा छैनन् । सबैलाई आफ्नो फिल्म बक्सअफिसमा हिट भएको देखाएर आत्मरतीमा रमाउनु छ । 
 
 
शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको फिल्म ‘लभ स्टेसन’ को एक हप्ते कलेक्सन रिपोर्टले पनि धेरैलाई अचम्मित तुल्याएको छ । निर्माता तथा वितरक गोविन्द शाहीले पहिलो हप्ता फिल्मले देशभर कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ कमाएको बताएका छन् । तर, यसलाई धेरैले गलत रिपोर्ट मानेका छन् । हुनत, प्रायः शाहीलाई आफूले वितरण गरेको र निर्माण गरेको फिल्मको कलेक्सन अंक मिडियामा वास्तविकभन्दा धेरै देखाउने गरेको आरोप लाग्ने गरेको छ । 
 
शुक्रवार छोरी काफिया शाहीको जन्मदिन सेलिब्रेट गर्दै निर्माता गोविन्द शाहीले फिल्मको एक हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् । फिल्मले पहिलो हप्ता राजधानीभित्र १ करोड ६७ लाख ५१ हजार ७ सय ९ रुपैयाँ र मोफसलमा १ करोड ४० लाख ३३ हजार २ सय ७७ रुपैयाँ ग्रस कलेक्सन गरेको उनको भनाई छ । उनले पहिलो हप्ताको कलेक्सनले लगानी उठेको समेत दाबी गरेका छन् । दोस्रो हप्ताबाट फिल्म नाफामा जाने उनले बताए । उनको भनाईमा कति सत्यता छ ? त्यो भने भगवान् जानुन् । 
 
टर्किस फिल्म 'सेबिम्ली तेल्केली' हुबहु उतारिएको अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आलोक शुक्लाको यसमा छायांकन छ । आमा-छोरीको सम्बन्धमा फिल्म केन्द्रित छ । 
Most Visited News (monthly)