Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सत्यमेव जयते’ को सिक्वेलमा जोन दोहोरिने

एजेन्सी, मुम्बई, 2019/04/13
 
बलिउड सुपरस्टार जोन अब्राहमको ‘सत्यमेव जयते’ फिल्म गएको वर्ष प्रदर्शनमा आएको थियो । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । बक्सअफिसमा पनि फिल्मले राम्रो पैसा छापेको थियो । अब यो फिल्मको सिक्वेल बन्ने चर्चा छ । चाँडै यसका मेकर्स फिल्मको घोषणा गर्ने तयारीमा छन् । फिल्मलाई मिलाप जावेरीले निर्देशन गरेका थिए । 
 
भारतीय मिडियाका अनुसार, निर्देशक मिलाप अहिले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको छायांकन यस वर्षको जुलाई वा अगस्टबाट सुरु हुँदैछ । अर्को वर्ष रिलिज गर्ने तयारी छ । जोन फिल्मको सिक्वेललाई लिएर निकै उत्साहित छन् । अहिले निर्देशक मिलाप अरु प्रोजेक्टमा पनि व्यस्त । तर, यस फिल्मको सिक्वेलको स्क्रिप्टमा पनि काम गरिरहेका छन् । 
 
अब हेर्न यो बाँकी छ कि, फिल्मको कहानी जहाँ सकिएको थियो त्यहीबाट सुरु हुन्छ वा नयाँ कहानीलाई लिएर सिक्वेल बनाइनेछ । 'सत्यमेव जयते २' को स्क्रिनप्ले लगभग तयार भइसकेको छ । फिल्म मरजावा रिलिज लगत्तै निर्देशक मिलापले यसको प्रि-प्रोडक्सनमा काम गर्न सुरु गर्नेछन् । टी सीरीज र निखिल आडवाणीले फिल्मको निर्माण गर्नेछन् । 
 
जोन अब्राहमको हालै रिलिज भएको फिल्म 'रोमिया अकबर वालटर' दर्शकलाई मनपरेको छ । यसमा उनले एक 'रअ' एजेन्टको भूमिका निभाएका छन् । फिल्ममा जोनका अलावा मौनी रोय, ज्याकी श्राफ र सिकंदर खेर लिड रोलमा छन् । यो फिल्म एक यस्तो इन्टेलिजेन्स अफसरको कहानी हो, जो पाकिस्तानमा जासूसी गर्दछन् ।  
Most Visited News (monthly)